१४ असार २०८१ शुक्रबार
image/svg+xml

राप्रपा छिट्टै एक हुन्छ : राणा

राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा छिट्टै एक हुने बताएका छन्।

हिन्दुराज्य र राजसंस्था राप्रपाको साझा एजेन्डा : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एंव पूर्व उपप्रधानमन्त्री कमल थापाले हिन्दु राष्ट्र र लोकतान्त्रिक राजासंस्था हुने गरि पार्टी एकिकरण हुने बताएका छन्।

राजसंस्था र हिन्दू राष्ट्रसहित दुई राप्रपाबीच एकता प्रक्रिया शुरु

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी  (प्रजातान्त्रिक) बीच एकताका लागि औपचारिक रुपमा मंगलबारदेखि प्रक्रिया शुरु भएको छ।

एकताको गृहकार्यमा राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पार्टी एकतका लागि गृहकार्य अघि बढाएका छन्। दुवै पार्टीले गठन गरेको वार्ता समितिले पार्टी अध्यक्षहरूसँगको छलफललाई अघि बढाएका हुन्। सत्ता राजनीतिका कारण पटक पटक विभाजित राप्रपालाई नयाँ परिस्थितिअनुसार एकीकृत गराएर लैजान भन्दै गठित वार्ता टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्षसँग छलफल गरेका छन्। वार्ता टोलीसँगको भेटमा अध्यक्ष पशुपतिशम्शेर जबराले राष्ट्रवादी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन्। राणाले पार्टी एकताका लागि आपूm सकारात्मक रहेको बताएका हुन्।

फेरि जुट्दै राप्रपा

सत्ता राजनीतिका कारण पटकपटक विभाजन खेप्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु फेरि पार्टी एकीकरण गृहकार्यमा जुटेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नराम्रो पराजयसँगै राप्रपाबाट छुट्टिएर गठन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) सहितका दल एक हुने तयारीमा जुटेका हुन्। उनीहरुले पार्टी एकताका लागि छुट्टाछुट्टै कार्यदल गठन गरेका छन्।

पार्टी एकता गर्न राप्रपा प्रजातान्त्रिकद्वारा कार्यदल गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले समान विचार भएका पार्टी, समुह तथा व्यक्तिहरुलाई एउटै राजनितिक संगठनको रुपमा एकतावद्ध गर्ने उद्देश्य सहित पार्टी एकता विस्तार एवं सहजिकरण सम्पर्क कार्यदल गठन गरेको छ।

राप्रपा प्रजातान्त्रिकको बैठक काठमाडौँमा

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको केन्द्रीय कार्य समितिको बैठक यही वैशाख २५ देखि २७ गतेसम्म काठमाडौँमा बस्ने भएको छ।

राप्रपा विद्यार्थीको राष्ट्रिय भेला सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राप्रविसको राष्ट्रिय भेला सुरु भएको छ। केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित भेलाको अध्यक्ष कमल थापाले उद्घाटन गरे। उनले अबको नेतृत्वले युवा विद्यार्थीहरुले लिनुपर्नेमा जोड दिए।

राप्रपाद्वारा घटनाको छानबिनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब छानबिनको माग गरेका छन्।

सल्यान पार्टी कमिटी एमालेमा विलय भएको होइन: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले सल्यानको आफ्नो पार्टी कमिटी एमालेमा विलय नभएको बताएको छ। राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले केही व्याक्ति एमाले प्रवेश गरे पनि पार्टी कमिटी विलय भएको भन्ने निराधार भएको बताए।

राप्रपाका सह-महामन्त्री एमालेमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सह-महामन्त्री सहित राप्रपा सल्यान जिल्ला कार्यसमिति नेकपा एमालेमा समाहित भएको छ। बिहीबार सल्यानमा संयुक्त पत्रकार सम्मेलन गरेर राप्रपाले देश विकास गर्न नसक्ने भन्दै उनीहरु एमालेमा समाहित भएको जनाएका छन्।

राप्रपाले केन्द्रीय परिषदको बैठक वीरगञ्जमा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो साता वीरगञ्जमा केन्द्रीय परिषद्को बैठक गर्ने भएको छ ।

राप्रपाद्वारा राष्ट्रवादी शक्तिबीच एकता आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार भएका र राष्ट्रवादी शक्तिलाई एकताका लागि आह्वान गर्ने निर्णय गरेको छ। यही पुस १९ गतेदेखि बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनको पूर्वसन्ध्यामा भएको पार्टी विभाजन नै पराजयको मुख्य कारण भएको ठहर गर्दै राष्ट्रवादी शक्तिबीच एकताको पहल गर्ने निर्णय गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले जानकारी दिए।

काँग्रेससँग तालमेल गर्नु नै पराजयको कारण : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली काँग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएकोमा जोड दिएका छन्।

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक शुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक बानेश्वरस्थित अनमोल क्याटरिङमा आजदेखि शुरु भएको छ।  बैठकले निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका कारणबारे समीक्षा गरिने र भावी कार्यनीतिबारे छलफल गरी नयाँ रणनीति निर्माण गरिने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्