१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

राप्रपा छिट्टै एक हुन्छ : राणा

नगरकोट- राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा छिट्टै एक हुने बताएका छन्।

रफत सञ्चार क्लब भक्तपुरले विहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा राणाले अब छिट्टै नै छरिएर रहेका राप्रपा एक स्थानमा उभिने दाबी गरे। 

वर्तमान सरकारका प्रमुख केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण आयोग, राजश्व अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउन खोज्नु शक्ति केन्द्रीकरण गर्ने प्रवृत्तिको संकेत भएको उनको भनाइ थियो। 

अध्यक्ष राणाले सर्वोच्च अदालतले बालकृष्ण ढुंगेलका हकमा सुनाएको सजायलाई वर्तमान सरकारले क्षमा दिएर न्यायपालिकाको मात्र अपमान नभएर शक्ति पृथकीकरणको मूल सिद्धान्तको समेत खिल्ली उडाएको आरोप लगाए। 

केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षा आयोग र डाक्टर केसीले सिफारिश गरेको प्रावधानसहितको चिकित्सा शिक्षा विधेयक पारित नभएसम्म मेडिकल माफियाको राज चलिरहने उनको भनाइ छ। 

प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल रहेको भन्दै उनले उत्तर र दक्षिणतर्फ नेपालको निकासी बढाउने ठोस योजना सरकारले ल्याउनुपर्ने विचार व्यक्त गरे। 

प्रकाशित: २१ असार २०७५ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App