काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो साता वीरगञ्जमा केन्द्रीय परिषद्को बैठक गर्ने भएको छ ।
मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीको सशक्त वैचारिक दृष्टिकोणलाई स्थापित गर्ने नयाँ रणनीति तथा पार्टीको अस्तित्व र पहिचानलाई परिवर्तित अवस्थामा कायम गर्ने विषयमा उक्त बैठकमा छलफल हुनेछ ।
पार्टीले चुनावमा पराजय भोगेपछिको अवस्थामा अब हिन्दूराष्ट्रलगायतका मुद्दा तथा सिद्धान्तमा अटल रहने, राष्ट्रवादी, प्रजातन्त्रवादी शक्ति निर्माणका लागि उपायको खोजी गर्न सो बैठक उपयोगी हुने केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिइन ।
करिब पाँचसय जनाको सहभागिता रहने सो बैठक पार्टीको केन्द्रीय महाधिवेशन पछिको ठूलो बैठकका रुपमा लिइएको छ । (रासस)
प्रकाशित: २ माघ २०७४ ०५:१२ मंगलबार