१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक शुरु

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक बानेश्वरस्थित अनमोल क्याटरिङमा आजदेखि शुरु भएको छ। 

बैठकले निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका कारणबारे समीक्षा गरिने र भावी कार्यनीतिबारे छलफल गरी नयाँ रणनीति निर्माण गरिने छ। 

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा शुरु भएको बैठकमा सहभागी सबै नेतालाई आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाकाबारे दृष्टिकोण राख्न आग्रह गरिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए। 

अध्यक्ष थापाले मुलुकमा विकास भएको राजनीतिक घटनाक्रमबारे सहभागीलाई जानकारी गराउँदै स्थानीय तहदेखि नै संगठन सुदृढीकरणका लागि वैचारिक छलफल गर्न केन्द्रीय सदस्यलाई आग्रह गरे। 

बैठकमा पार्टीका १४० केन्द्रीय सदस्य सहभागी छन्। 

प्रकाशित: १९ पुस २०७४ १०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App