२५ वैशाख २०८३ शुक्रबार
image/svg+xml

अभ्यास खेलः नेपाल 'ए' ले अमेरिकालाई हरायो

शुक्रबार अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल 'ए' ले ४९.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।

२० हजार घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षकविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षकविरुद्ध मुद्दा दायर गरेको छ।

सरकारले भन्यो: इरानका नेपाली सुरक्षित, अमृत झाको रिहाइ प्रक्रिया जारी

परराष्ट्र मन्त्रालयले इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइ प्रक्रिया अझै जारी रहेको जनाएको छ ।

शिक्षामन्त्री र अस्ट्रेलियाका राजदूतबिच भेटवार्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत महामहिम साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गरेका छन्।

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

युरोपेली सङ्घ (इयू)ले वर्तमान सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग तथा सहकार्य गर्ने चासो देखाएको छ।

घरबाट हराएको ९ दिनपछि खोल्सामा मृत भेटिइन् दिलमाया

तेह्रथुमस्थित म्याङलुङ नगरपालिका–९ साब्ला कोप्चेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

पूर्वमन्त्री सुदन किराँतीलाई हर्क साम्पाङले श्रम संस्कृति पार्टीमा भित्र्याए

पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङले किराँतीलाई पार्टीमा स्वागत गरेका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र राष्ट्रिय हित प्रवर्द्धनमा सभामुखको जोड

सभामुख अर्यालले अन्तर्राष्ट्रिय सहकार्यबाट लगानी, प्रविधि, पर्यटन तथा ज्ञान आदानप्रदानमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे।

टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

पाँच वर्षको तलबमा पाँच लाख थपेर सामाजिक सेवामा खर्चिने मेयर हमालको तयारी

धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले मेयर भएपछि प्राप्त हुने सेवा सुविधा शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने भएका छन् ।

पखेरामा ‘सुन’ फलाउँदै किसान, वार्षिक लाखौँ आम्दानी

आरसीले यस वर्ष मात्रै सबै लगानी र खेतीको खर्च कटाएर २७ लाख रुपैयाँ चोखो नाफा आर्जन गरेका छन्।

जलवायु परिवर्तनले मनसुन झन् अनिश्चित, पूर्वसूचना प्रणाली बलियो बनाउन मन्त्री श्रेष्ठको जोड

मन्त्री श्रेष्ठले मनसुन फोरम केवल मौसमी पूर्वानुमान प्रस्तुत गर्ने औपचारिक मञ्च मात्र नभई विज्ञान, विकास कार्यक्रम कार्यान्वयन तथा विपद् पूर्वतयारीलाई एकै ठाउँमा जोड्ने महत्वपूर्ण संगम भएको बताए।

गाउँका कथा लेख्न सिक्दै जुम्लाका बालबालिका

जुम्लाका धेरै बालबालिकाको दैनिकी विद्यालय, घर र सीमित घेराभित्रै बित्ने गर्छ। समाजमा भइरहेका घटना, समस्या र परिवर्तनलाई बुझ्ने अवसर उनीहरूले कमै पाउँछन्।

रूसको एयर नेभिगेसन भवनमा आक्रमण, १३ एयरपोर्ट अवरुद्ध

दक्षिणी रूसको एयर नेभिगेसन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरेको छ।

मोरङमा मानव संसाधन सम्मेलन सुरु

मोरङको सुन्दर हरैचामा मानव संसाधन सम्मेलन सुरु भएको छ। उद्योग संगठन मोरङको आयोजनामा दुई दिने सम्मेलन सुरु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्