५ आश्विन २०८१ शनिबार
image/svg+xml

बिग्रेको राजनीति बचाउन गठबन्धन विजयी हुनुपर्छः प्रधानमन्त्री

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो। 'संसद् विघठन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले', देउवाले भने, 'संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भंग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गयौँ।'

आफ्नो गृहजिल्लामा व्यस्त रहेका देउवाले आज पनि चुनावीसभालाई सम्बोधन गर्दै

उनले बिहीबार अमरगढी, शुक्रबार दुई वटा पालिका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका चुनावीसभा र शनिबार अजयमेरु गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिकामा आयोजित सभालई सम्बोधन गरिसेका छन्।

अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्छौं: देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने बताएका छन्।

देउवाको चुनावी यात्रा: सातौँ पटक गठबन्धनको गतिलो साथ

देउवासित चुनावी प्रतिस्पर्धामा रहनुभएका कांग्रेस बिपीका कर्ण मल्लले स्थानीय निर्वाचनमा समेत नेकपा एमालेसित चुनावी तालमेल गरेका थिए। प्रतिनिधिसभाका उम्मेदवार मल्ललाई नेकपा (एमाले)ले सर्मथन गरेको छ।

लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो: प्रधानमन्त्री देउवा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा न्यायालय र संविधाननलाई कमजोर पार्ने चेष्टा गरेको आरोप लगाउँदै प्रधानमन्त्री देउवाले न्याय क्षेत्रलाई स्वतन्त्ररूपमा काम गर्ने वातावरण आफ्नो नेतृत्वको सरकारले कायम गरेको बताए।

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावीसभालाई सम्बोधन गर्ने

उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै छन्।

ओलीले राष्ट्रपतिलाई रातिको २ बजे उठाएर संसद भंग गरे: प्रधानमन्त्री देउवा

संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने आफ्नो इच्छा रहेको उनको भनाइ छ।

कालापानी लिपुलेक कुटनीतिक पहलबाटै फिर्ता हुन्छ: देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी र लिपुलेक क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता गराउने बताएका छन्।

आमसभा सम्बोधन गर्न डडेल्धुरा पुगे देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुगेका छन्।

गुजरातकाे पुल दुर्घटनाप्रति रूसी राष्ट्रपति, प्रधानमन्त्री देउवालगायत विश्वका नेताहरूद्वारा दुःख व्यक्त

साथै उनीहरूले मोर्बी पुल दुर्घटनामा परी बहुमूल्य जीवन क्षति भएकामा हार्दिक समवेदना व्यक्त गरेका छन्। राष्ट्रपति पुटिनले आफ्ना भारतीय समकक्षी द्रौपदी मुर्म र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक समवेदना व्यक्त गर्दै पीडितहरूका परिवारजनमा सहानुभूति प्रकट गरेका छन्।

विदेशमा बस्ने नेपालीहरुलाई समानुपातिक तर्फ मतदानको व्यवस्था गछौं: प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को निर्वाचनसम्ममा विदेशमा रहेका नेपालीहरुलाई समानुपातिक तर्फ मतदानमा सहभागी गराउन कानुनी व्यवस्था गर्न पहल गरिने बताएका छन्।

छठ पर्वले सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तराई-मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन्।

दार्चुला घटनाबारे ओलीले मागे सरकारसँग जवाफ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सडक निर्माण गर्ने क्रममा गरिएको विस्फोटबाट नेपाली बालक पवन महराको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेका छन्।

काठमाडौँको विभिन्न स्थानमा छठ पर्वको तयारी अन्तिम चरणमा

छठ पर्वको मुख्य दिन भोली (आइतबार) छठी माईको पूजाका लागि काठमाडौँको कमल पोखरी, कुपन्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्