१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

१३८ यात्रु सवार जेट विमान इन्धन नभरेरै काठमाडौंबाट उड्न खोजेपछि...

भारतीय विमान कम्पनी जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जाेगिएकाे छ। विमानले तेल नभरेरै अबस्थामा काठमाडौंबाट दिल्लीका लागि उडान भर्न लागेको थियोे। तर, पाइलटले तेल सकिएको थाहा पाएपछि तेल भरेर उडान गरिएको छ।

एक दर्जन जहाज लुक्लामै थन्किए

मौसममा आएको खराबीका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा एक दर्जन जहाज थन्किएका छन्। विहान डेढ सयको हाराहारीमा उडान भएको विमानस्थलमा मध्यान्नपछि मौसम प्रतिकुल भएपछि १० हेलिकप्टर  र २ वटा जहाज लुक्लामै थन्किएको नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख ईमाननाथ अधिकारीले बताए।

मन्थली विमानस्थलमा चहलपहल बढ्यो

जिल्ला सदरमुकाम मन्थलीमा विमानस्थल भए पनि विमान आउने जाने नगर्दा प्रायः सुनसान हुन्थ्यो। केही दिनयता भने विमान र पर्यटकको चाप ह्वात्तै बढेको छ।

ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ पक्राउ

त्रिभुवन विमानस्थलबाट विभिन्न चार मुलुकको मुद्रासहित एकै परिवारका पाँच जना पक्राउ परेका छन्। नेपाल प्रहरीले गरेको जाँचका क्रममा ठूलो परिमाणको विदेशी मुद्रा लिएर बैंकक जान लागेको अवस्था उनीहरु पक्राउ परेका हुन्। थाइ एयरबाट शुक्रबार दिउँसो १३ः४५ बजे बैंकक जान लागेको अवस्थामा उनीहरु विशेष सूचनाको आधारमा पक्राउ परेका हुन्।

सञ्चालन नहुँदै क्षमता विस्तार

राष्ट्रिय गौरवको आयोजनामध्येको निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन र पार्किङ क्षमता बढ्ने भएको छ।

व्यस्त बन्दै मन्थली विमानस्थल

प्रायः सुनसान देखिने जिल्ला सदरमुकाम मन्थली केही दिनदेखि व्यस्त देखिन थालेको छ। विमानस्थलमा विमान र पर्यटकको चाप एकाएक बढ्न थालेको छ।

छ किलो सुनसहित ४ भारतीय विमानस्थलबाट पक्राउ

छ किलो सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार ४ सय ९७ ग्राम सुन बोकेका एक पुरुष र ५ किलो सुनजस्तो देखिने वस्तुसहित ३ महिलालाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो।

कर्णालीको पीडा : विमान नहुँदा यात्रु अलपत्र

पैसा तिरेर टिकट लिन युद्ध जिते झैं गर्नुपर्ने बाध्यताबाट अहिले पनि साविकको कर्णाली मुक्त हुनसकेको छैन। यसको चरम मारमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएका जिल्ला हुम्ला र डोल्पा छन्। विमान नहुँदा यसपटक सयौं हुम्लीवासी सुर्खेत विमानस्थलमा अलपत्र छन्।

विमानस्थल आजबाट १० घन्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आज (सोमबार) बाट दैनिक १० घन्टा बन्द हुने भएको छ। धावनमार्ग स्तरोन्नतिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो। सोमबारबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घन्टा विमानस्थल बन्द हुनेछ।

अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष अध्यागमन डेस्क स्थापना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवारदेखि गैर आवासीय नेपाली लक्षित छुट्टै अध्यागमन डेस्क सञ्चालनमा आएको छ। गैर आवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेक्सको स्थापना गरिएको हो।

आन्तरिक विमानस्थलमा बेबी जोन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)ले आन्तरिकतर्फ पनि हिमालय हर्बलको सहयोगमा बेबी जोन स्थापना गरेको छ। सुत्केरी आमा र बच्चालाई ध्यानमा राख्दै विमानस्थलले सोमबारबाट बेबी जोन सञ्चालनमा ल्याएको हो।

रुम्जाटार विमानस्थल दुई वर्षदेखि ठप्प

दुई वर्षपहिले अवरुद्ध ओखलढुंगाको एकमात्र विमानस्थल रुम्जाटारबाट अझै हवाई उडान सञ्चालनमा आउन सकेको छैन। रुम्जाटारबाट नेपाल वायुसेवा निगम र विभिन्न निजी हवाई कम्पनीले उडान गर्दै आएका थिए।

प्रधानमन्त्रीद्वारा गौतम बुद्ध विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार निर्माणाधीन गौतमबुद्ध विमानस्थलको निरीक्षण गरेका छन्। निरीक्षणसँगै प्रधानमन्त्रीले मुलुकको प्रतिष्ठासँग जोडिएको सो अन्तर्राष्ट्रिय विमानस्थलको काम जुन गतिमा काम भइरहेको त्यही गतिमा अघि बढाउन निर्देशन दिएका छन्। उनले अहिलको टर्मिनल भवन र विमान पार्किङ क्षेत्रलाई अझै विस्तार गर्न सुझाव पनि दिएका छन्।

सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस

झापाबाट फर्किंदा फागुन २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा प्रधानमन्त्री केपी ओली सवार जहाज आकाशमै ‘होल्ड’ भएपछि छानबिन गर्न बनेको समितिले कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

वक्यौता रकम खै?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल परिसर भित्र  व्यवसायिक प्रयोजनका लागि भएका सम्झौता तथा वायु सेवा कम्पनीहरूले बुझाउन बाँकी रहेको वक्यौताप्रति संसद्को सार्वजनिक लेखा समितिले चासो देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्