९ आश्विन २०८१ बुधबार
image/svg+xml

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

अमेरिकी एयरलाइन्सको एक विमानमा उडान भर्ने क्रममा आगलागी भएका छ। सिकागोमा रहेको ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट मायामीकालागि उडान भर्ने तयारीमा रहेको अमेरिकी एयरलाइन्सको बोइङ ७६७ मा अचानक आगलागी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

ग्रिल उद्योगमा आगलागी, लाखौंको क्षति

ग्रिल उद्योगमा आगलागी हुँदा लाखौँकोे क्षति भएको छ। दाङ तुलसीपुर-९ दोघरेस्थित चौधरी ग्रिल उद्योगमा आज दिउँसो भएको आगलागीमा रु तीन लाख २५ हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रहरी निरीक्षक धनञ्जय केसीले बताए ।

अाैषधि पसलमा आगलागी हुँदा छ लाखकाे क्षति

बैतडीको भौनेली गाविसमा रहेको धरमघर बजारमा बिहीबार साँझ आगलागी हुँदा रु ६ लाख बराबर क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भौनेली–८ धरमघर बजारमा रहेको केशवदत्त भट्टको मेडिकल र शृङ्गार पसलमा आगलागी भएको थियो ।

साँगादिन बजारमा आगलागी, तीन घर नष्ट

ताप्लेजुङ- ताप्लेजुङको खेवाङ गाविसस्थित साँगादिन बजारमा भएको आगलागीले तीन घर जलेर नष्ट भएका छन्।

भक्तपुरको हिम इलेक्ट्रोनिक्समा आगलागी

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमी राधेराधे नजिकैकै एउटा कारखानामा आइतबार विहानै आगलागी भएको छ । राधेराधे नजिककैको मध्यपुर थिमी नगरपालिका– १३ स्थित हिम इलेक्ट्रोनिक्समा विहान सवा दुई बजेतिर आगलागी भएको हो।

पेट्रोल पम्पमा आगलागी

कैलालीको अत्तरिया नगरपालिकास्थित अम्बर आयल स्टोरमा आज बिहान आगलागी भएको छ । बा६७प५०२३ नंको मोटरसाइकलमा पेट्रोल भर्दै गर्दा अचानक लागेको आगो पम्पमा समेत सल्किएको थियो । पेट्रोल पम्प स्थानीय व्यापारी जयप्रकाश मोहपालको रहेको बुझिएको छ ।

चट्याङ लागेर घरमा आगलागी !

सोमबार साँझ परेको चट्याङले यहाँको एक घर जलेर नष्ट भएको छ। सामान्य वर्षासँगै परेको चट्याङले जिल्लाको पूर्वी पहाडी गाविस सिद्धिपुर ५ स्थित गणेश राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

काठमाडाैं दरबार मार्गमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौंको दरबारमार्ग स्थित एक जुता कारखानामा आगलागी भएको छ। पौने १२ बजेको आसपासमा लागेको आगो निभाउने प्रयास जारी छ। आगो निभाउन दमकल घटनास्थलमा पुगेको छ। अग्नी नियन्त्रण टोली, प्रहरी र नेपाली सेनाको टोली आगो नियन्त्रणका लागि खटिएको छ।

बिद्युत सर्ट भई विद्यालयमा आगलागी, १७ लाख बढीको क्षती

खोटाङमा बिद्युट सर्ट हुँदा लागेको आगोले एक बिद्यालयको झण्डै १८ लाख बराबरको भौतिक धनमाल जलेर क्षती भएको छ। हौंचुर–२ पोखरीस्थित पञ्चकन्या निमाविको प्रशासन कक्षमा लागेको आगोले १७ लाख ९६ हजार ६०६ रुपैयाँ बराबरको सम्पत्ती नष्ट भएको हो।

बंगलादेशको एक कारखानामा आगलागी, १५ जनाको मृत्यु

ढाका–बंगलादेशको एक प्याकेजिङ कारखानमा आगलागी हुदाँ १५ जनाको ज्यान गएको र ७० जना भन्दा बढी घाइते भएका छन्।

शिखर प्लाइउड उद्योगमा भीषण आगलागी

समशेरगन्ज–८ स्थित पार्वतीपुरमा रहेको गणपति प्लाइउड उद्योग प्रालिमा भीषण आगलागी भएको छ। शिखर प्लाइउडमा आगलागी हुँदा डेढ करोड क्षति प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ। गएराति एक बजेर ४५ मिनेटमा आगलागी भएको थियो।

अाबुधावीमा निर्माणाधीन भवनमा आगलागी, सयौं कामदारले भागेर ज्यान बचाए

संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा एक २८ तले विशाल भवनमा आगलागी हुँदा त्यहाँ कार्यरत सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएकाे त्यहाँका स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा एक बालिका घाइते

लहान-८ मा मंगलबार ग्याँस सिलिन्डर पड्किएर एक घरमा आगलागी हुँदा एक बालिका घाइते भएकी छिन् । आगलागी बाट २४ लाख ९५ हजार बराबरको क्षति भएको छ।

शंखमुलमा आगलागी, ५ दमकलले निभाए आगो (भिडियो)

आगो निभाउन ५ वटा दमकल र एउटा पानी ट्यांकर प्रयोग गरिएको थियो। करिव १ घण्टाको प्रयास पछि आगो नियन्त्रणमा आएको घाइते आलामले बताए। छेउको घरममा ग्रिल जोड्नका लागि गरिएको वाल्डिङका क्रममा आगोको झिल्का सल्केर सोफाको फर्म जलेर आगो फैलिएको आलमले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्