९ आश्विन २०८१ बुधबार
image/svg+xml

चार्जमा राखेको मोबाइल पड्केर घर आगलागी

जुम्ला—जिल्लाको पातारासी–५ छिपछिपेमा चार्जमा राखेको मोबाइल पड्किएर घरमा आगलागी भएको छ। आगालागीबाट घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। स्थानीय अम्मर बुढाको घरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

आगलागीले ७ घर ध्वस्त, १५ लाख बढीको क्षति

कपिलवस्तुको महाराजगंज गाविस–२ स्थित टमसत गाउँमा सोमबार राति २ बजे तिर आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन्। स्थानीय माहोम्मद हबिव धोबीको गोठबाट आगो फैलिएको थियो।

टेबहालमा भएको आगलागी नियन्त्रित

ठमेलको नरसिंह चोक नजिकै टेबहालमा आज बिहान लागेको आगो डेढ घन्टापछि नियन्त्रणमा आएको छ । लिलिमा कलेक्सन नामक फेन्सी पसलमा लागेको आगो जुद्ध वारुण यन्त्रका छ बारुणयन्त्र, सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरीक्षक उमेश लम्सालले जानकारी दिए।

जन्मदिन पार्टीमा आगलागी हुदाँ १३ जनाको मृत्यु, ६ जना घाइते

रोयुन– फ्रान्सको उत्तरी सहर रोयुनको एक बारमा जन्मदिनको पार्टी चलिहरदाँ भएको आगलागीमा परी १३ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

ग्यास सिलिण्डर पड्किँदा आगलागी

भक्तपुर नगरपालिका–४ महालक्ष्मी स्थान भोलाछेंमा मंगलबार आगलागी भएको छ। सूर्यमान नकर्मीको दुईतले पुरानो घरमा आगलागी भएको हो। ग्यास सिलिन्डर पडकेर आगलागी भएको जनाइएको छ ।

आगलागीबाट डेढ करोडको क्षति

मध्य बर्षाको समयमा जिल्लाको नागिमा आगलागी भएको छ। नागी–६ को गणेश चोक भन्ने ठाँउमा गणेश योङ्याको आगलागीका कारण घर–पसल जलेर नष्ट भएको हो ।

स्युचाटार सवस्टेसनमा आगलागी

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको स्युचाटार ‘सवस्टेसन’मा भएको आगलागीका कारण रु एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीबाट लाखौंको क्षति

बिहीबार विहान ९ बजे सदरमुकाम गमगढी बजारस्थित एक घरमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ। कार्कीबाडा गाविस–२ हस्तबहादुर भामको घरको तेस्रो तलामा लागेको आगोले कोठा भाडा लिइ बसेका श्रीनगर गाविस– २ का खडकबहादुर मल्लको सम्पूर्ण सामान जलेर नष्ट भएको छ।

कागज उद्योगमा आगलागी

इटहरी-कागत तयार गर्नका लागि राखिएको केमिकलबाट मंगलबार बिहान सल्किएको आगोले सुनसरी नरसिंह वडा नं. १ को बाबा पेपर उद्योगमा लाखौं रुपैयाँको क्षती भएको छ।

दिक्तेलमा भीषण आगलागी

खोटाङ सदरमुकाम दिक्तेलमा भीषण आगलागी भएको छ। बुधबार बिहान पौने ८ बजेतिर सुरु भएको आगलागीले दिक्तेल नगरपालिका–२ थर्पुटोलका बिनोद पाण्डे र ढकप्रसाद पाण्डेको घर जलेर नष्ट भएको छन्।

सिंगापुर एयरलायन्सको विमानमा आगलागी, सबै २४१ सकुशल

सिंगापुर— सिंगापुर एयरलायन्सको एउटा विमानमा आपतकालीन अवतरणका क्रममा आगलागी भएको छ। सोमबार चाङ्गी विमानस्थलबाट मिलानका लागि उडेको बोइङ ७७७०–३०० इआर विमानको इन्जिनबाट तेल चुहिएको थाहा भएपछि आपतकालीन अवतरण गरिएको थियो। सो क्रममा विमानमा अागाे लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्