पाँचथर–मध्य बर्षाको समयमा जिल्लाको नागिमा आगलागी भएको छ। नागी–६ को गणेश चोक भन्ने ठाँउमा गणेश योङ्याको आगलागीका कारण घर–पसल जलेर नष्ट भएको हो ।
घरभित्रबाट निस्किएको आगोका कारण पसल, सुन, चाँदी तथा घर जल्दा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षतिको प्रारभिक विवरण आएको प्रहरीले जनाएको छ। सुन धरौटीमा राखी कारोबार गर्ने भएकाले आगलागीका कारण ठूलो क्षति भएको बताइएको छ ।
काठ र माटोको घर भएकाले आगो चाँडै फैलिएको थियो । घरभित्रवाट आगो निस्किएपनि कसरी आगलागी भयो भन्ने कारण खुल्न सकेको छैन । प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएका थिए।
प्रकाशित: १८ श्रावण २०७३ ०८:३३ मंगलबार