८ आश्विन २०८१ मंगलबार
image/svg+xml

राजस्व चुहावटको सूचना दिनेलाई पुरस्कार

सरकारले राजस्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ। राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले संघीय संसद्मा प्रस्तुत गरेको ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक’मा उक्त व्यवस्था छ।

राजस्व घोटाला छानबिन गर्न समिति

नदीजन्य पदार्थको निकासीबापत उठाइने राजस्वमा करिब २१ लाख रुपैयाँ अपचलन भएको बारे अनुसन्धान गर्न दोलखाको तामाकोसी गाउँपालिकाले छानबिन समिति गठन गरेको छ।

तामाकोसीमा राजस्व घोटाला छानबिन गर्न समिति

नदीजन्य पदार्थको निकासीबापत् उठाइने राजस्वमा करिब २१ लाख रुपैयाँ अपचलन भएको बारेमा अनुसन्धान गर्न दोलखाको तामाकोसी गाउँपालिकाले छानबिन समिति गठन गरेको छ।

तीन करोड बढि राजस्व संकलन

करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७५/०७६ मा तीन करोडभन्दा बढि राजस्व संकलन गरेको छ। २०७५ साल चैत २८ गतेदेखि सेवा सुरु गरेको करदाता सेवा कार्यालयले ३ करोड ३६ लाख ४२ हजार राजस्व संकलन गरेको हो।

सगरमाथा आरोहणबाट ४४ करोड राजस्व संकलन

सगरमाथा आरोहण असुरिक्षत हुँदै गएको र आरोहण दलसँगै जाने सम्पर्क अधिकृत (लियाजन अफिसर) बेसक्याम्पमै नपुगी आरोहण प्रमाणित गर्ने गरेको समाचार आएपछि छानबिन गर्न समिति गठन भएको छ।

गाउँपालिकाको राजस्वमा घोटाला

उद्योगहरुबाट निकासी हुने गिट्टी बालुवा सहितका बस्तुको निकासी कर उठाउनका निम्ति गाउँपालिकाले संकलक राखेको थियो। तर संकलक मार्फत उठाइएको करको रकम पारदर्शी नै छैन्।

निकुञ्जले उठायो ५ करोड ७१ लाख राजस्व

शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज डोल्पाले आर्थिक वर्ष ०७५।०७६ मा ५ करोड ७१ लाख ९१ हजार रुपैया राजस्व उठाएको छ। यार्सागुम्बा र सेतो चिनीलगायतका बहुमुल्य जडिबुटी, पर्यटक शुल्क वनपैदावर र चरिचरन अन्तरगत उक्त राजस्व उठाएको निकुञ्ज कार्यालय सुलिगाडले जनाएको छ।

राहदानीबाटै पौने तीन करोड राजस्व

प्रशासन कार्यालयले गत वर्ष ७२ वटा संस्था दर्ता गरेको छ भने एक सय ७३ वटा संस्था नवीकरण गरिएको छ। विपद व्यवस्थापनतर्फ रहेर प्रशासनले ४१ परिवारका लागि पाँच लाख ९४ हजार रुपैयाँ राहत रकम वितरण गरेको छ।

रसुवामा १० अर्ब ७४ करोड राजस्व संकलन

रसुवामा एक वर्षमा १० अर्ब ७४ करोड राजस्व संकलन भएको छ। कोष तथा लेखा नियन्त्रकको कार्यालय रसुवाका अनुसार जिल्लामा १० अर्ब ७४ करोड एक लाख ७३ हजार चार सय ५५ रुपयाँ राजस्व संकलन भएको छ।

निगमले ६१ अर्ब राजस्व बुझायो

नेपाल आयल निगमले भारतबाट इन्धन खरिद गरेर बिक्री गर्दा सरकारलाई गत वर्ष विभिन्न शीर्षकबाट करिब साढे ६१ अर्ब रुपैयाँ राजस्व बुझाएको छ।

कर्मचारीविहीन भन्सार कार्यालयः वर्षेनी करोडौं राजस्व गुम्दै

चीनको स्वशासित क्षेत्र तिब्बतसंग नाका जोडिएको मुगु भन्सार कार्यालय वर्ष भरि नै कर्मचारी विहिन बन्दै आएको छ भने वर्षेनी करोडौं राजश्व गुम्दै आएको छ। लामो समयदेखि जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका–२ मुगु गाउँमा मुगु भन्सार कार्यालय स्थापना भएको देखिन्छ।

करको दायरामा ल्याउन विभागलाई अर्थमन्त्रीकाे निर्देशन

अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिएका छन्।

राजस्व बाँडफाँट विवरण बुझाउन अटेरी

प्रदेश सरकार गठन भएदेखि दुई आर्थिक वर्ष बितिसक्दा पनि स्थानीय तहले प्रदेश २ को सरकारलाई राजस्व बाँडफाँटको विवरण बुझाएका छैनन्।

राजश्व चुहावट मुद्दाका फरार अभियुक्त पक्राउ

राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन्। भोजपुर षडानन्द नगरपालिका–३ जिमिगाँउ घर भइ हाल काठमाडौँको उत्तरखेल बस्ने ४४ वर्षीय कमलबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो।

२४ लाखभन्दा बढी राजस्व संकलन

अस्थायी ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले २४ लाखभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष ०७५/७६ मा वर्षभरी कारबाहीमा परेका विभिन्न साना–ठूला सवारी साधनबाट उक्त राजस्व संकलन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्