१९ आश्विन २०८३ सोमबार
image/svg+xml

बन्दीपुरमा पूर्वाधार विकासको फड्को: ३७ किमी सडक कालोपत्र, ४९ पार्क निर्माण

पर्यटकीय नगरी तनहुँको बन्दीपुर गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ।

संवेदनशील सूचना चुहावटको आरोपमा एआइजी दाहाल निलम्बित

सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालले दाहालमाथि कारबाहीका लागि गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो।

मस्तिष्कका स्नायु कोषलाई प्रकाशबाट नियन्त्रण गर्ने तीन वैज्ञानिकले पाए नोबेल पुरस्कार

उनीहरूको अनुसन्धानले वैज्ञानिकहरूलाई मस्तिष्कले कसरी काम गर्छ भन्नेबारे थप जानकारी हासिल गर्न मद्दत गरेको छ। यसबाट मानिसको मस्तिष्क र मन कसरी काम गर्छ भन्ने बुझ्न पनि महत्वपूर्ण आधार तयार भएको छ।

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जोड्ने मनकामना केबलकार सेवा भोलि मङ्गलबार एक दिनका लागि बन्द हुने भएको छ।

विवादित खेलकुद सदस्य सचिव शर्मालाई गण्डकीका मुख्यमन्त्रीको संरक्षण

छानबिन समितिको निष्कर्षअनुसार नै न्यायाधिवक्ताको कार्यालयले सदस्य सचिव शर्मालाई कारबाहीका लागि रायसमेत दिएको थियो। तर मुख्यमन्त्रीको अनिच्छाका कारण कारबाही प्रक्रिया अघि नबढेको निकट स्रोतको दाबी छ।

मनसुन बाहिरिएको ठानेर ढुक्क काठमाडौंवासीलाई अचानक पानीले झुक्यायो

मनसुन बाहिरिएको ठानेर ढुक्क भएका काठमाडौं उपत्यकावासी सोमबार अचानक वर्षा सुरु भएपछि दङ्ग परेका छन्।

ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

कालीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनी–जोमसोम–कोरला सडकको पुनःनिर्माण तथा मर्मतका लागि ड्रोनमार्फत डिजेल ढुवानी गरिएको छ।

केत्तकुम लिबाङ पाङ्पत सयङद्वारा एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना

अक्षयकोषमार्फत छात्रवृत्ति प्रदान गर्नुका साथै उच्च शिक्षा, अनुसन्धान, सीपमूलक तालिम, पुस्तकालय तथा अध्ययन केन्द्र स्थापना र आवश्यक शैक्षिक स्रोतसामग्री उपलब्ध गराउने योजना रहेको सयङले जनाएको छ।

नेपालको आर्थिक विकासमा भारतको सधैँ साथ : कन्सुलर सिंह

सिंहले भारतले नेपालको विकासमा सन् २००३ देखि नै सहयोग गर्दै आएको स्मरण गराउँदै त्यस्तो सहयोग नेपालको स्थानीय निकायहरूमार्फत सञ्चालन गर्ने गरेको बताए।

कोहलपुर पोलिक्लिनिक घटना : पाँच सदस्यीय छानबिन समिति गठन

परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार शनिबार भएको घटनाबारे अनलाइनमार्फत उजुरी परेको थियो। उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै परिषद्ले घटनाको अनुसन्धान गरी सत्यतथ्य विवरण पेस गर्न समिति गठन गरेको हो।

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सरुवा भएको निकायमा हाजिर नगरी उनी गाउँपालिकामै कार्यरत रहँदै आएका थिए। नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत गाउँपालिकाले हाजिर गराएको थिएन।

बुद्धनगरबाट पक्राउ परेका दिपेन्द्रको कसुर खुल्यो

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ घर भएका ४२ वर्षीय दिपेन्द्र शाही पक्राउ परेका हुन्।

कांग्रेसको आठ दशक: इतिहासको गौरव र नयाँ पुस्ताको चुनौती

कुनै समयमा नेपालको प्रजातान्त्रिक आन्दोलनको सिङ्गो पर्यायको रूपमा रहेको नेपाली काङ्ग्रेस गतवर्ष अर्थात् भदौ २३ र चौबीस गते भएको जेन्जी आन्दोलन पछि भएको निर्वाचनमा कमजोर प्रतिपक्षको रूपमा स्थापित भएको छ।

जवाफदेहीता मानिसमा हुनुपर्छ, एआईमा होइन: प्रधानन्यायाधीश शर्मा

प्रधानन्यायाधीश शर्माले न्यायलाई भौतिक संरचनासँग मात्र जोडेर हेर्न नहुने धारणा राखे। उनले भने, “न्यायलाई भौतिक संरचनासँग मात्र बाँध्दा कानुनको शासन कमजोर हुन्छ।”

दसैंको मुखमा तलब रोकिँदा गढीमाई नगरपालिकामा तालाबन्दी

दसैंजस्तो मुख्य चाडपर्व नजिकिँदासमेत लामो समयदेखि तलब नपाएपछि रौतहटको गढीमाई नगरपालिकाका करार कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्