१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

६ अर्ब भुक्तानी गर्न प्राधिकरणको ताकेता

संघीय सरकारले २०७४ सम्मको सडक बत्तीको महसुल अर्थ मन्त्रालयबाट भुक्तानी गर्ने निर्णय गरे पनि स्थानीय निकायले प्राधिकरणलाई सैद्धान्तिक स्वीकृति नदिँदा बक्यौता उठाउन समस्या भएको प्राधिकरणका उच्च अधिकारी बताउँछन्।

पोखराका सडक बत्तीः सौर्य बत्तीको बेवास्ता, नयाँ विद्युतीय बत्ती जडानको तयारी

पटक-पटक गरेर पोखराका सडकमा करिब २ हजार सौर्य सडक बत्ती जडान गरिएको भएपनि ती सबैले नियमित मर्मतसम्भार पाएनन्। त्यसैले कतिपय बत्ती अहिले काम नलाग्ने अवस्थामा पुगेका छन्। कतिपयले केही समय उज्यालो दिएपनि केही थोरै समय मात्र बल्छन्। सडकमा सौर्य सडक बत्ती जडान गर्न यसअघि नै करिब ३० करोड रुपैयाँ खर्च भइसकेको छ।

बल्न छोडे तुलसीपुरका सडकबत्ती

तुलसीपुर बजारका सडकका दायाँबायाँ राखिएका बत्ती बल्न छोडेको तीन वर्ष पुग्नै लाग्यो। २०७३ सालमा सडक बत्ती जडान गर्ने सम्झौता भएपछि २०७४ सालतिर जडान भए।

सडकबत्ती मर्मत नहुँदा अँध्यारिँदो नगर

नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा सोलार मर्मत गर्ने भन्दै १५ लाख रूपैयाँ विनियोजन गरेको छ।

सडकबत्तीको साढे ३ करोड बक्यौता बुझाउन तानसेननगरलाई पत्राचार

नेपाल विद्युत प्राधिकरण, पाल्पा वितरण केन्द्रले तानसेन नगरपालिका भित्रका सडक बत्तीको तीन करोड ५० लाख ४२ हजार रूपैयाँ तत्काल बुझाउन तानसेन नगरपालिका कार्यालयलाई पत्राचार गरेको छ ।

सडकबत्तीको बक्यौता रु तीन करोड नाघ्यो

विद्युत् प्राधिकरण, पाल्पाले तानसेन नगरपालिकाभित्रका सडक बत्तीबापतको रु तीन करोड ५० लाख ४२ हजार बक्यौता उठ्न अझै बाँकी रहेको जनाएको छ ।

लाेडसेडिङ अन्त्यका लागि दिउँसो सडकबत्ती निभाउन प्राधिकरणको आग्रह

काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती मुक्त गरेको नेपाल विद्युत् प्राधिकरणले दिउँसो समेत राजधानीका केही स्थानमा सडक बत्ती बलिरहेको पाइएपछि त्यसलाई निभाएर सहयोग गर्न उपभोक्तामा आग्रह गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्