२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बाग्मती प्रदेशले ५ सय शैड्ढयाको क्वारेन्टाइन कक्ष बनाउने

कोरोना भाइरस(कोभिड–१९) संक्रमणका शंकास्पद बिरामीको निगरानी तथा व्यवस्थापनका लागि बाग्मती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडाको चार स्थानमा ५ सय शैड्ढयाको क्वारेन्टाइन कक्ष निर्माण गर्ने भएको छ।

वायुसेवा क्षेत्रमा दुई खर्ब अमेरिकी डलर आपतकालीन सहयोग आवश्यक

कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित विश्वभरका वायुसेवा कम्पनीहरूलाई आपतकालीन सहयोगस्वरूप करिब दुई खर्ब अमेरिकी डलर सहयोग आवश्यक पर्ने अन्तर्राष्ट्रिय उड्ययन संगठन (आइएटिए)ले बताएको छ।

भारतमा थप एकको मृत्यु, कूल संख्या चार पुग्यो

कोराना भाइरस (कोभिड–१९)को संक्रमणबाट भारतमा बिहीबार थप एक जनाको ज्यान गएसँगै मर्नेको संख्या चार पुगेको छ।

जाेखिमसँग जुध्न सेनाको तयारी

मुलुकभित्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन र सम्भावित जोखिम सामना गर्न नेपाली सेनाले चेतनामूलकसहित विभिन्न गतिविधि अघि बढाएको छ।

भारतीय आँखा विरामीलाई विशेष जाँच

गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरस (कोभिड –१९) को उच्च जोखिम रहेको निष्कर्ष निकालेसँगै भारतबाट बढ्ता विरामी आउने अस्पतालहरूमा उच्च सावधानी अपनाउन थालिएको छ।

पर्यटन क्षत्रेलाई कर तिर्ने समय पछाडि सार्ने सरकारको तयारी

अर्थमन्त्री र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोनाले प्रभाव पार्ने उद्योगमा करको भुक्तानीलाई केही पर सार्नेबारे तयारी भइरहेको बताएका छन्। सञ्‍चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योगको प्रकृति हेरेर काम गर्न पर्ने भएकाले तयारीमा समय लागेको बताए। कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा समस्या आएकाले त्यस विषयमा तयारी गरिएको उनले बताए।

सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ।

‘विसु’मा अत्याधिक जोखिम !

नयाँ वर्ष नजिकिएको छ। नयाँ वर्षमा सुदूरपश्चिमेलीको मौलिक पर्व ‘विसु’मनाउन भारतमा रहेका नेपाली कामदार ठूलो संख्यामा घर फर्कन्छन्। यसले सुदूरपश्चिम प्रदेशको जनस्तरमा चिन्ता चुलिदै गएको छ।

मास्क कसरी प्रयोग गर्ने ? अपनाउनु पर्ने केही सावधानीहरु

नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभर महामारीको रुपमा फैलिरहेको छ। यसबाट हालसम्म ८ हजार ९ सय बढीको मृत्यु भएको छ भने २ लाख १९ हजार संक्रमित छन्। यसको संक्रमण देखिएका ८५ हजार मानिसहरु भने उपचारपछि घर फर्किका छन्।

सांसदको तापक्रम परीक्षण

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यानमा राखी सङ्घीय संसदले पनि आजदेखि विशेष सावधानी अपनाउन सुरु गरेको छ। सङ्घीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभाको आजको बैठकमा सहभागी सांसदलाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको हो।

कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन

कानून, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीबारको बैठकले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएमा कारागारमा जटिल अवस्था आउने भन्दै कैदी बन्दीको संख्या घटाउन निर्देशन दिएको हो।

शनिबारदेखि चैत मसान्तसम्म मनकामना केबलकार बन्द

मनकामना केबलकार चैत मसान्तसम्म बन्द हुने भएको छ।  विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड – १९) को जोखिम नियन्त्रणका लागि बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठ जानकारी दिए ।

भारतबाट कोरोना भाइरसको संक्रमणको जोखिम उच्च : गृह मन्त्रालय

गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ। बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सिमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको हो।

लोक सेवा आयोगको परीक्षा स्थगित

लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेको छ। संक्रमणका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको स्वास्थ्य संवेदनशिलतालाई मध्येनजर गरि आयोगबाट हुने लिखित परिक्षा चैत मसान्तसम्मका लागि स्थगित गरिएको हो।

त्रिविद्वारा सबै परीक्षा स्थगित, पठनपाठन पनि बन्द

त्रिभुवन विश्वविद्यालयले चैत मसान्तसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ। त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले भोली शुक्रबारदेखि चैत मसान्तसम्मका लागि तोकिएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिवि सभा तथा कार्यकारीको सचिवालयले जनाएको छ। विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला सरकारले सबै शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्