२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वायुसेवा क्षेत्रमा दुई खर्ब अमेरिकी डलर आपतकालीन सहयोग आवश्यक

जेनेभा – कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित विश्वभरका वायुसेवा कम्पनीहरूलाई आपतकालीन सहयोगस्वरूप करिब दुई खर्ब अमेरिकी डलर सहयोग आवश्यक पर्ने अन्तर्राष्ट्रिय उड्ययन संगठन (आइएटिए)ले बताएको छ।

अफ्रिकी तथा मध्यपूर्वी मुलुकका एअरलाइन्स कम्पनीलाई भने सहयोगको आवश्यकता परिसकेको आइएटिएले बताएको छ। आइएटिएद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सहयोगको उपाय अति आवश्यक भएको र यसका लागि कम्तीमा दुई खर्ब आपतकालीन सहयोगको माग भएको छ।’

बिहीबारसम्म नौ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोना भाइरसको विश्वव्यापी प्रकोपका कारण अत्यधिक हवाई सेवा अवरूद्ध बनेको र यस क्षेत्रमा अप्रत्यासित खडा भएको चुनौतीका कारण विश्वभरका वायुसेवा प्रदायक कम्पनीहरू नराम्रोसँग प्रभावित बनेको संगठनले जनाएको छ।

‘सबै मुलुकका सरकारको उच्च प्राथमिकता कोभिड–१९ को संक्रमण फैलिने क्रमलाई रोक्नु रहेको छ,’ आइएटिएका प्रमुख अलेक्जेन्डर दे जुनेइकद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उनले भने, ‘उनीहरू यो कुरामा सचेत बन्न पनि जरूरी छ कि उनीहरू सार्वजनिक स्वास्थ्य संकटले उड्ययन क्षेत्रलगायत विश्व अर्थतन्त्रमा नराम्रो प्रभाव परेको छ। स्वास्थ्य समस्याका कारण सिर्जित अहिलेको औद्योगिक संकट अमेरिकामा सन् २००१ मा भएको सेप्टेम्बर ११ आक्रमण, विश्वव्यापी सार्स समस्या र सन् २००८ मा छाएको विश्वव्यापी मन्दीको समयभन्दा धेरै खराब अवस्थामा रहेको छ।’

‘वायुसेवा कम्पनीहरू अस्तित्व जोगाउन संघर्ष गरिरहेका छन् भने हजारौं रोजगारीहरू गुम्ने संहारमा छन्,’ जुनेइकलु भने।
आइएटिएले अफ्रिका र मध्य पूर्वका वायुसेवा प्रदायक कम्पनीबारे खासगरी चासो व्यक्त गरेको हो, जहाँ कैयौँ हवाई मार्गहरू अवरूद्ध बनेका छन्। जसका कारण हवाई यातायातको मागमा ६० प्रतिशतले गिरावट आएको छ।

अफ्रिकाको कुल ग्राहस्थ उत्पादनमा हवाई यातायातका कारण मात्र करिब ५५ अर्ब ८० करोड अमेरिकी डलर योगदान पुग्ने गरेको छ भने ६२ लाख व्यक्तिलाई रोजगारी मिलेको छ। यो उक्त महादेशको कुल ग्राहस्थ उत्पादनको २ं६ प्रतिशत योगदान हो।

त्यस्तै मध्यपूर्वमा हवाई यातायातको योगदान एक खर्ब ३० अर्ब अमेरिकी डलर छ। यो त्यहाँको कुल ग्राहस्थ उत्पादनको ४.४ प्रतिशत हो। मध्यपूर्वमा उड्ययन क्षेत्रबाट करिब २४ लाख व्यक्तिकले रोजगारी पाएका छन्।

प्रकाशित: ७ चैत्र २०७६ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App