८ आश्विन २०८१ मंगलबार
image/svg+xml

यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, तीन पक्राउ

वीरगन्जस्थित यातायात ब्यवस्था कार्यालय बिचौलियाको आखडा बनेको छ। सेवाग्राही आफै जाँदा कार्यालयका कर्मचारीले काम अलमलाउने गरेर बिचौलियामार्फत आएमात्र सेवा पाउने बातावरण बनाएका छन्। आम सेवाग्राहीको यस्तो आरोप रहिरहेको बेला प्रहरीले सो कार्यालयबाट चार जनालाई बिचौलियाको आरोपमा भन्दै पक्राउ गरेको छ।

जबरजस्ती करणी आरोपमा फरार पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दोषी सावित भई झण्डै ३ वर्ष कैद सजाय सुनाइए पनि फरार रहेका उदयपुरका एक अभियुक्त पक्राउ परेका छन्।

लागुऔषधसहित दुई पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ। प्रभागको टोलीले राजविराजबाट काठमाडौँ आउँदै गरेको ना५ख ७८७५ नंको यात्रुवाहक बस जाँचका क्रममा सिरहाका २७ वर्षीय विवेक चौधरी र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख ८७४१ नंको बस जाँचका क्रममा बाँकेका २४ वर्षीय विप्लव शाहीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो।

पत्रकार सम्मेलनबाटै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ

बुधबार बिहान ९ बजे आफ्नो धारणा राख्न उद्योग वाणिज्य संघको सभाहलमा राखिएको पत्रकार सम्मेलनस्थलबाटै अध्यक्ष देवकोटासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।

गुण्डा नाइके सत्यमान लामा पक्राउ

काभ्रेका गुण्डा नाइके सत्यमान लामा ठगी आरोपमा पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो।

चार लाख घुुससहित ईन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजामा कार्यरत इञ्जिनियर वासी अख्तर मोहम्मदलाई रु चार लाख घुससहित पक्राउ गरेको छ।

घुस लिएको आरोपमा सबइञ्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सबइञ्जिनियर भगतलाई एक लाख ५० हजार घुस लिएको आरोपमा मंगलबार नियन्त्रणमा लिएको हो।

मुख थुनेर बालिका करणी गर्ने पक्राउ

सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। बालिका जबर्जस्ती करणी गरेको आरोपमा साँफेबगर नगरपालिका–४ का मदन बादीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीलाई पाँच सय घुस दिएको आरोपमा एक पक्राउ

ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई पाँच सय घुस दिने एक व्यक्ति आज झापामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का ३९ वर्षीय ट्रक चालक उमाकान्त राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

अदालतबाट कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्तीकरणी मुद्दामा अदालतले कैद तोकेको बढैयाताल गाउँपालिका ४ बस्ने भबिन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

ट्राफिक प्रहरीलाई घुस दिने पक्राउ

ट्राफिक प्रहरीको चेकिङ्गमा परेका बेला घुस दिएर उम्किन खोजेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पिपरा गाउँपालिका ४ स्थित इलाका प्रहरी कार्यालय सहोडवाबाट खटिएको ट्राफिक प्रहरीसहितको टोलीलाई चेकजाँचको क्रममा घुस दिन खोज्ने महोत्तरी गाउँपालिका २ बस्ने २५ वर्षीय रितेश पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद बुढाथोकीले बताएको छ।

३५ किलो गाँजासहित दुई पक्राउ

प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले बहुदरमाई नगरपालिका–५, बर्वा टोलबाट दुई व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पत्नी हत्याको आरोपमा पक्राउ

मधुवन नगरपालिका–९ बस्ने ४५ वर्षीया पत्नी दिलमाया देशुवा मगरलाई आफ्नै श्रीमानले बिहीबार कुटपिट गरेर हत्या गरेको आरोपमा पतिलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्