८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक पक्राउ

सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की रहेको छन् । उनलाई नेपाल प्रहरीको काठमाडौं परिसरले बिहीबार राति महाराजगञ्जबाट पक्राउ गरेको हो ।

धरानबाट पेस्तोल र एसएलआरको गोलीसहित ३ पक्राउ

प्रहरीले धरानबाट पेस्तोल, एसएलआरको गोली र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले बुधबार रातभर सर्च अप्रेशन गरेर धरान १५ बाट एक जना र धरान ११ बाट २ जनालाई हतियार, गोली र लागुऔषधसहित पक्राउ गरेको हो।

अन्धविश्वासले लियो ‘धामी’को ज्यान

धामीले उल्टो मन्त्र पढेर आफ्नी श्रीमती जुकमानी र बुहारी ईन्द्रावती मारेको भन्दै दोदलालले बदला लिन हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने तीन लाखसहित पक्राउ

विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

२५ हजार घुससहित शिक्षा इकाइ प्रमुख पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले सल्यानका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख धनबहादुर वलीलाई २५ हजार घुससहित रंगेहात पक्राउ गरेको छ।

हत्या गरेर भारत फरार, घर फर्किँदा पक्राउ

हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले एक युवालाई पक्राउ गरेको छ। जिल्लाको बाँफिकोट गाउँपालिका ६ मग्माका २४ वर्षिय बृषबहादुर बश्याललाई हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

विप्लव समूहका चार नेता पक्राउ

गाउँघरमा लुकीछिपी चन्दा माग गरिहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी डिएसपी सुमीत खड्काले जानकारी दिए।

ललाइफकाइ बालिका बलात्कार

सोमबार साँझ ललाइफकाइ नजिकैको जंगलमा लगेर बलात्कार गरेको आरोपमा २५ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

विप्लवको बन्द : देशभरबाट ७ पक्राउ, २० ठाउँमा शंकास्पद वस्तु

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकाे बन्दका कारण आज देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ। विभिन्न ठाउँमा शंकासपद वस्तु फेला परेका छन्। प्रहरीले देशभरको सुरक्षा व्यवस्था कडा बनाएको छ।

पोखरामा विप्लव समूहका सेक्रेटरी पक्राउ

प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका लमजुङका सेक्रेटरी पक्राउ पोखरामा पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार विप्लव समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई पक्राउ गरिएको हो।

सुनचाँदी पसलमा छापा, ७ जना पक्राउ

प्रहरीले सोमबार वीरगन्जको माईस्थानस्थित एक सुन पसलमा छापा मारेको छ। केहीहप्ता अगाडि पर्साका सरुवा भएर आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले सूचना जुटाउन थालेका थिए। सोमबार भने शहरको मुख्य बजार माईस्थानमा रहेको केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छपामारी गरेको हो।

फिल्म निर्माता कार्की पक्राउ, विप्लव समूहमा लागेको आरोप

नेत्रविक्रम चन्द (विप्लव) समूहका लागेको आरोपमा फिल्म निर्माता नरबहादुर कार्की पक्राउ परेका छन्।

अटोमेटिक पेस्तोलसहित विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

पक्राउ पर्नेहरूमा जिल्ला जनपरिषद् प्रमुख सुन्दर हरैंचा–१२ का अशोक राई, कानेपोखरी–६ का कंश धिमाल र उर्लाबारी–२, सालबारीका केन्द्रलाल धिमाल छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्