७ आश्विन २०८१ सोमबार
image/svg+xml

बाल यौनदुराचारको आरोपमा अस्ट्रेलियन नागरिक पक्राउ

दुई बालकहरुलाई यौन दुराचार गरेकोको आरोपमा प्रहरीले पोखराबाट अष्ट्रेलियन नागरिक बेरिम्यान थोमस अल्फ्रेडलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टिमले डिहिको पाटनस्थित अल्फ्रेड बस्दैआएका उनलाई कोठाबाटै पक्राउ गरेको हो।

लागुपदार्थसहित दुई पक्राउ

लागुपदार्थसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ का २३ वर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका–१० का २७ वर्षीय रोशन विश्वकर्मा रहेका छन्।

विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका दुई स्थानीय नेतालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ।

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

गृहकार्य नगरेको आरोपमा  विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन्।

अवैध गर्भपतन आरोपमा चिकित्सक पक्राउ

अवैध गर्भपतन गराएको आरोपमा सिरहाको मिर्चैया बजारमा सञ्चालित मिर्चैया नर्सिङ होममा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। डा. शम्भुकुमार यादवलाई इलाजसम्बन्धी कसुरमा जिल्ला अदालत सिरहाबाट म्याद थप गराई प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रतिबन्धित नेटवर्क मार्केटिङ गरेको आरोपमा तीन पक्राउ

प्रतिबन्धित नेटवर्क मार्केटिङ व्यवसाय गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले तीन जनालाई पक्राउ गरेको छ।

काकाबाट भतिजी बलात्कृत

सोलुखुम्बुको लुक्लामा आफ्नै १४ वर्षीय भतिजीलाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाको गर्भवती छिन्।

२० वर्षपछि हत्यारा पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना हत्याका आरोपीलाई २० वर्षपछि पक्राउ गरेको छ। अन्नपूर्ण गाउँपालिका–११ का ३१ वर्षीय मनप्रसाद गुरुङलाई धारिलो हतियार प्रहार गरी फरार रहेका ५६ वर्षीय कुमार गुरुङलाई पक्राउ गरिएको हो।

विभिन्न घटनामा पाँच जना पक्राउ

जिल्ला प्रहरी कार्यालयले विभिन्न घटनामा पाँच जनालाई पक्राउ गरेको छ। जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ स्यादुलबाट तीन किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई  प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान स्यादुलबाट चरौँदीतर्फ जाँदै गरेको बा ८२ प ९३५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लागु औषध भेटिएको प्रहरीले जानकारी दिए।

विप्लव समूहका जुम्ला सेक्रेटरीसहित दुई जना पक्राउ

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित)सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा युवा संगठनका कर्णाली ब्युराे ईन्चार्ज बखतबहादुर बिष्ट पनि रहेका छन्।

सिरहामा बढ्दो अवैध गर्भपतन, एक डाक्टर पक्राउ

पछिल्लो समय लहान बजारमा बग्रेल्ती खुलेका अल्ट्रा साउण्ड सेन्टर(भिडियो एक्स–रे) र पोलिक्लिनिकमा लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने क्रम बढेको छ । निजी क्लिनिकका डाक्टर र उनका सहयोगीहरू क्लिनिक आसपासको क्षेत्रमा घरभाडा लिएर भ्रूण हत्या गराउन संलग्न भएको पाइएको छ ।

चोरीको मोटरसाइकलसहित चार जना पक्राउ

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले नक्कली ब्लुबुक र चोरीको मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ।

विप्लवका उपत्यका इन्चार्ज लामाको साथबाट चार सय जनाको चन्दा लिस्ट बरामद

प्रहरीले विप्लव नेतृत्वको नेकपामा नेता माइला लामाको साथबाट चार सय जनाको चन्दा लिस्ट बरामद गरेको छ। लामालाई आज विहान प्रहरीले काँडाघारीबाट पक्राउ गरेको थियो। उनी सहित रमेश तामाङ पनि पक्राउ परेका थिए।

मकवानपुरमा गोली चलाएर गाँजा तस्कर पक्राउ

मकवानपुरको मनहरी क्षेत्रमा गएराति गोली चलेको छ। गाँजा तस्करलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो। प्रहरीले गोली चलाएर ४३ वर्षीय कुमार स्याङतान पक्राउ गरेकाे हाे।

५४ थान लागू औषधसहित ४ जना पक्राउ

उदयपुर सदरमुकाम नजिकै असारीबाट ४ युवा प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका छन्। त्रियुगा नगरपालिका १३ किरात चोकमा केही युवाहरुको समूह लागू औषध सेवन गरिरहेको खवर स्थानीयले दिएको आधारमा खटेको प्रहरी टोलीले शनिबार दिउँसो ३ः४० बजे ५४ थान लागू औषधसहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्