७ आश्विन २०८१ सोमबार
image/svg+xml

विप्लव समूहका कास्की सेक्रेटरी पक्राउ

यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्र खटाएको बुझिएको छ।

किर्ते गरी जग्गा पास गर्ने पक्राउ

वडा कार्यालयका सरकारी कागजात किर्ते गरी जग्गा पास गर्ने मुख्य अभियुक्त पक्राउ परेका छन्। सुनकोसी गाउँपालिका–९ ककनीका कर्णबहादुर तामाङ सोही वडाको छाप, लेटरप्याड, मालपोत रसिदलगायत किर्ते गरी जग्गा पास गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवं प्रहरी नायब निरीक्षक पुष्पराज मल्लले बताए। पक्राउ परेका तामाङलाई बिहीबार जिल्ला अदालतमा पेस गरिएको मल्लको भनाइ छ। उनीविरुद्ध सरकारी कागजात किर्तेमा मुद्दा चलाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले सबै विवरण सार्वजनिक गरेको छैन।

मस्कोमा ५ सयभन्दा बढी पक्राउ

स्वच्छ तथा स्वतन्त्र निर्वाचनको माग गर्दै प्रदर्शन गर्न शनिबार विहान भेला भएका ५६१ जनालाई रूसी प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको आन्दोलन अनुगमनकारी संगठन ओभिडी इन्फोले जनाएको छ।

भरुवा बन्दुकसहित दुई पक्राउ

मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

विप्लवका दुई कार्यकर्ता पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको युवा संगठनका जाजरकोट अध्यक्ष खड्कबहादुर सिंहलाई शुक्रबार वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा फरार फरार रहेका उनलाई वीरेन्द्रनगर–१० पदमपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

बोक्सीको आरोपमा महिला कुट्ने फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बोक्सी आरोपमा जिल्ला अदालत सुर्खेतबाट कैद सजाय तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

३ वर्षअघि हत्या गरी फरार अभियुक्त पक्राउ

आफ्नै साथीको हत्या गरेर भागेको ३ वर्षपछि उदयपुरका एक फरार अभियुक्त पक्राउ परेका छन्। सामान्य विवादमै आफ्नै साथी त्रियुगा नगरपालिका ५ श्रीपुरका ३५ वर्षीय मोहन बुढाथोकीको हत्या गरी फरार रहेका होमबहादुर कार्की भर्खरै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

छुरा हान्ने नौ पक्राउ

झापाको दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ। बुधबार अपराह्न ४ बजे २५/३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो।

धर्म परिवर्तन गराउँदै हिँड्ने विदेशी नागरिक पक्राउ

कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार पक्राउ पर्नेमा जापानी नागरिक जिरो सेकिया र रेइको सेकिया रहेका छन्।

सेवाग्राहीसँग घुस लिने नेपाल प्रहरीका दुई जना सई पक्राउ

सेवाग्राहीसँग १८ हजार घुस लिँदैं गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

भारतीय खसीसहित चार पक्राउ

भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको ७२ वटा खसीसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खसी ढुवानीका लागि प्रयोग भएको ट्रकसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुई वडाध्यक्षसहित ६ छुटे

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चक्काजाम गर्ने क्रममा पक्राउ परेका दुई वडाध्यक्षसहित ६ जना झन्डै आठ घण्टापछि छुटेका छन् ।

चक्का जाममा उत्रिएका दुई वडाध्यक्ष सहित ६ जना पक्राउ

नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटीढंगले चौथो नगरसभा गरिएको विरोधमा चक्का जाममा उत्रिएका जनप्रतिनिधि तथा नेतालाई प्रहरीले पक्राउ गरेको नेकपाका जिल्ला कमिटी सदस्य राजुबिक्रम चाम्लिङले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्