७ आश्विन २०८१ सोमबार
image/svg+xml

हतियार र दस्तावेजसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

एगरगन एक थान, बमजस्तो देखिने वस्तु पाँच थान, चन्दा उठाउने रसिद प्याड एक थान, पार्टी सदस्यता तीन ठेली, गुलेली एक थान, मोबाइल दुईवटा, टर्च लाइट (विदेशी) एक थान, पावर बैंक एक थान र नगद सात सय ३० रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ।

स्वयम्भूमा गोली चल्यो, दुई जना पक्राउ

उनलाई पक्राउ गर्ने क्रममा गोली चलाउनु परेको महानगरीय अपराध महाशाखा प्रमुख शहकुल थापाले पुष्टि गरे।

कारमा लागुऔषध ओसार्ने दुई पक्राउ

प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–१६ चालिसकिलो भन्ने स्थानबाट बिहीबार साँझ लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–६ बस्ने २७ वर्षीय गणेश रिमाल र रुपन्देही सिद्धार्थ नगरपालिका–७ बस्ने ४५ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् ।

९ लाख घुस लिँदालिँदै सडक डिभिजन प्रमुखसहित ५ पक्राउ

डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इन्जिनियर हरिकुमार पोखरेलसहित पाँचजनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ।

फरार अभियुक्त आठ वर्षपछि पक्राउ

आठ वर्षअघिको कर्तव्य ज्यान मुद्दाका आरोपी वीरेन्द्रनगर–११ गाग्रेतालका कमल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

१२ किलो सुनसहित विमानस्थलबाट दुई जापानी पक्राउ

स्रोतका अनुसार विदेशी सुन तस्करसँग मिलेर आपराधिक गिरोहहरूले गैरकानूनी रूपमा ठूलो पैमानामा सुन, विदेशी मुद्रा, लागु औषध तथा प्रतिबन्धित औषधीहरू भित्राउने गर्छन्।

पितालाई भेट्न जाँदा पक्राउ परिन् नवाज सरिफकी छोरी

पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरियम नवाज सरिफ पक्राउ परेकी छन्। पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी उनलाई पाकिस्तानको जाँच एजेन्सी नेसनल एकाउन्टविलिटी ब्यूरो (एनएबी) ले हिरासतमा लिएको हो। मरियमलाई चौधरी सुगर मिल केसमा हिरासतमा लिइएको हो।

बलात्कार आरोपमा प्रहरी जवान पक्राउ

किशोरी बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक प्रहरी जवान पक्राउ परेका छन्। प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका हुन्।

कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत गाग्रेताल निवासी २८ वर्षीय कमल सुनार रहेका छन्।

जुवा खेल्ने नौ जना पक्राउ

जुवा खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको कावासोती–८ सभापतिचोकस्थित बुद्धि तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो । जुवा खेलिरहेको भन्ने सूचना प्राप्त गरेपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

राहत सामग्री चोरी गर्ने चार पक्राउ

पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सुरेश माझी र सियाराम माझी रहेकोे उनले बताए।

४० हजार नक्कली नोटसहित एक पक्राउ

उदयपुरबाट एक किशोर ४० हजार नक्कली नोटसहित बुधबार पक्राउ परेका छन्। चौदण्डीगढी नगरपालिका–५, शिवाईका १६ वर्षीय अनिल मीयाँ बुधबार बिहान एक हजार रुपैयाँका ४० वटा नक्कली नोटसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

विप्लव समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ

रुकुम (पश्चिम) प्रहरीले विप्लव समूहका तीन जना नेताहरूलाई पक्राउ गरेको छ। प्रहरीले विप्लव समूहका केन्द्रीय सदस्य श्यामबहादुर बोहरासहित तीन जनालाई पक्राउ गरेको बताएको छ।

नियमविपरीत होटेल सञ्चालन गर्ने पक्राउ

नियमविपरीत होटल सञ्चालन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पृथ्वीचोकस्थित कोशी एण्ड रीतिक रेष्टुरेन्टकी सञ्चालिका ममतादेवी महतो रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

पार्टीको दस्तावेजसहित विप्लव नेता पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका जिल्ला कमिटी सदस्यलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्