९ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१२ किलो सुनसहित विमानस्थलबाट दुई जापानी पक्राउ

ढाका- बङ्गलादेशको राजधानी ढाकामा रहेको एक अन्तराष्ट्रिय विमानस्थलबाट दुई जापानी नागरिकलाई १२ किलोग्राम सुनसहित पक्राउ गरिएको विमानस्थलका एक राजस्व अधिकारीले बताएका छन्। मलेसियाबाट बङ्गलादेश पुगेका दुई जापानी नागरिकलाई उक्त सुनसहित बिहीबार पक्राउ गरिएको हो।

बङ्गलादेश राजस्व अनुसन्धान निर्देशनालयका उप निर्देशक पायल पाशाले सिन्ह्वासँग भने “ राजस्व विभागले उनीहरूले सुनसहित प्रवेश गर्दै गरेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूसँगबाट जफत गरिएको १२ किलोग्राम (३० थान सुनका टुक्रा) को मूल्य बिहीबारको बजार मूल्य अनुसार छ करोड बङ्गलादेशी टाका (सात लाख १४ हजार अमेरिकी डलर बराबर) रहेको  उप निर्देशक पाशाले बताए।

“जापानी नागरिकहरूले हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको हरियो गेट पार गर्ने क्रममा पाइन्टको खल्तीमा लुकाइराखेको अवस्थामा उक्त सुन जफत गरिएको छ,” उनले बताए। 

भन्सारले उनीहरूलाई बङ्गलादेशी प्रहरीको जिम्मा लगाईसकेको बताइएको छ।

स्रोतका अनुसार विदेशी सुन तस्करसँग मिलेर बङ्गलादेशी आपराधिक गिरोहहरूले गैरकानूनी रूपमा ठूलो पैमानामा सुन, विदेशी मुद्रा, लागु औषध तथा प्रतिबन्धित औषधीहरू भित्राउने गर्छन्। सिन्ह्वा

प्रकाशित: २३ श्रावण २०७६ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App