६ आश्विन २०८१ आइतबार
image/svg+xml

राप्रपालाई सरकारले वार्तामा बोलायो

सरकारले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई वार्तामा बोलाएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले राप्रपा अध्यक्ष कमल थापालाई पत्र पठाएर औपचारिक रुपमा वार्तामा बोलाएको हुन्। वार्ता वैशाख १० गते दिउँसो १ बजे सिहंदरवारमा प्रस्ताव गरिएको छ।

राप्रपाले जलायाे 'धर्मनिरपेक्षता', १४ नेता कार्यकर्ता पक्राउ

शुक्रबार रत्नपार्कस्थित शान्तिबाटिकामा आयोजना गरेको विरोधसभामा प्रहरीले राप्रपाका केन्द्रीय सदस्य एवती कार्कीसहित १४ जनालाई पक्राउ गरेको हो।

राप्रपाको प्रदर्शनको क्रममा झडप(भिडियो रिपोर्ट)

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको माग गर्दै गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ। राप्रपाको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा अवस्था तनावपूर्ण भएको हो।

राप्रपाले चैत ३० सम्म हस्तारक्षर संकलन गर्ने

हिन्दु धर्म स्थापनाका लागि दबाब दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरु गरेको हस्ताक्षर संकलन कार्यक्रमको अवधि बढाई चैत ३० सम्म राखिएको छ। यसअघि चैत २३ सम्म हस्ताक्षर संकलन गरी संकलित हस्ताक्षर प्रधानमन्त्री केपी ओलीलाई बुझाउने कार्यक्रम तय गरिएको थियो।

Nagarik Frontline: के वैदेशिक लगानीले मात्र मुलुक सम्वृद्धिको मार्गमा अघि बढ्ला ?

के वैदेशिक लगानीले मात्र मुलुक सम्वृद्धिको मार्गमा अघि बढ्ला? कहाँ अड्कियो राप्रपाको एकता प्रक्रिया? अर्थशास्त्री एवं राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नागरिक फ्रन्टलाइनको लाइव प्रसारणमा।

हिन्दु राष्ट्रको माग गर्दै राप्रपाद्वारा हस्ताक्षर संकलन शुरु

हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंको वसन्तपुरमा राप्रपाद्वारा हस्ताक्षर संकलन शुरु गरिएको छ ।

सरकारले प्रतिबन्ध लगाउन खोज्यो : राप्रपा संयुक्त

राप्रपा संयुक्तले आफूमाथि सरकारले प्रतिबन्धको तयारी गरेको आरोप लगाएको छ। अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय सुरक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई नेत्रविक्रम चन्द विप्लव समूहसँगै निमिट्यान्न पार्ने धम्की दिएको आरोप लगाए।

‘प्रधानमन्त्रीले सिहंदरबारको अधिकारसमेत खोसे’

राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले सिंहदरबारको अधिकार गाउँलाई भन्ने नारा घन्काउने वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले सिंहदरबारको अधिकारसमेत आफंैले लिएको बताएका छन्। अन्य मन्त्रालयमा रहेका अधिकारसमेत खोसेर प्रधानमन्त्रीको अधिनमा लगेर आफूलाई झन् शक्तिशाली बनाएको बताए। राप्रपा संयुक्तद्वारा कपिलस्तुको तौलिहवामा आयोजित सभामा बोल्दै अध्यक्ष राणाले सेना परिचालन सिधैं प्रधानमन्त्रीले गर्न पाउनेगरी कानुन निर्माण गरिँदैछ, यसले प्रजातान्त्रिक पद्धतिमा ठूलो असर गर्छ।’

पछिल्लो राजनीतिक अभ्यासले गलत परिणाम र प्रवृत्ति निम्त्यायो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पछिल्लो १२ वर्षिय राजनीतिले ६ वटा परिणाम र प्रवृत्ति निम्त्याएको बताएका छन्।

राष्ट्र विखण्डनको खतरा : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्र विखण्डन गर्ने तत्व सतहमा देखिएको टिप्पणी गरेका छन्। उनले सिके राउतसँग सरकारले गरेको ११ बुँदे सहमती अस्पष्ट र विखण्डनकारी शक्तिलाई खेल्ने अवसर दिनेखालको रहेको बताए।

‘मृत संस्था जीवित गराउने र क्रान्तिका नाममा जनता अल्मल्याउनेलाई निस्तेज पारिन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले मृत संस्था जिवित गराउने सपना देख्ने र क्रान्तिका नाममा जनता अल्मल्याउनेहरुलाई निस्तेज पारिने बताएका छन्। सोमवार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८ औं बार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले राजसंस्थाको एजेण्डा बोक्ने राप्रपा र अर्काे जनयुद्धको त्रास फैलाइरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई संकेत गर्दै निमिट्यान्न पार्ने उद्घोष गरेका हुन्।

राप्रपाको मेची–महाकाली यात्रा चैत १ गते काठमाडौंमा समापन हुने

राप्रपाले गत फागुन १५ गते ताप्लेजुङबाट सुरु गरेको देशव्यापी मेची महाकाली यात्रा चैत १ गते काठमाडौंको भृकुटीमण्डपमा समापन हुने बताएको छ।

धर्मनिरपेक्षता चाहिँदैन, हिन्दूराष्ट्र पुनर्स्थापनाकाे विकल्प छैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा हिन्दु राष्ट्र पुनस्र्थापना हुनुको विकल्प नरहेको बताएका छन्।

राप्रपाको विस्तारित बैठक बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको विस्तारित बैठक आगामी चैत १ गतेदेखि काठमाडौँमा हुने भएको छ।

लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएकाे छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको आरोप लगाएका छन्। मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको अगुवाई गर्दै महोत्तरीको सदरमूकाम जलेश्वर आइपुगेका थापाले देशमा बढ्दै गएको भ्रष्टाचार विरुद्ध आक्रोश व्यक्त गर्दै स्वयम प्रधानमन्त्रीले समेत भ्रष्टाचारीको संरक्षण गरेकोमा आपत्ती जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्