coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

दुनाटपरी उद्योगबाट राम्रो आम्दानी गर्दै चौधरी दम्पती

घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त छन्।

वडाका सिफारिस साइबर जाने बाध्यता

घोराही उपमहानगरपालिका–१२ का भेगबहादुर बोहरा केही दिनअघि श्रीमती तथा छोरासँगको नाता प्रमाणित प्रतिलिपिका लागि वडा कार्यालय पुगे।

सिटामोल त देऊ सरकार !

विडम्बना, संवैधानले समेत प्रष्टरूपमा किटान गरेको व्यवस्थाबाट जनता वञ्चित छन्। उपमहानगरपालिका जस्तो ठाउँमा त यो अवस्था छ भने देहातका गाउँठाउँको हालत कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ।

स्वास्थ्य चौकीमा सिटमोलसमेत पाइँदैन

घोराही उपमहानगरपालिका १० मा रहेको स्वास्थ्य चौकीमा वडावासीले सिटामोलसमेत पाउँदैनन्।

देवताको नाममा किसानलाई सास्ती

केही दिनपहिले प्रवीणसहित आएका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर विन्ती गरे–कृपया हाम्रो जग्गाको लालपुर्जा लिन पाउने कानुन ल्याइदिनुहोस्। अनि दाहालको उत्तर थियो–अहिले संसद् बन्द छ, खुल्नेबित्तिकै विधेयक अघि बढाउने छौँ।

दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार

घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा छन्। विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ। मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको ५९ वर्षीय मगरले बताउँछन।

घोराही उपमहानगरपालिकाद्वारा भूकम्प पीडितका लागि १५ लाख सहयोग

घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको छ।

स्थानीय तहमा ‘नाम मात्रैका’ बिषयगत समिति

घोराही उपमहानगरपालिका वडा नम्बर ४ कै लक्ष्मीपुर स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पदको कर्मचारी व्यवस्थापनका लागि समेत स्वास्थ्य समितिका संयोजकको आग्रहलाई उपमहानगरले सुनेकै छैन।

घोराही उपमहानगरमा गठबन्धनको अग्रता

घोराही उपमहानगरपालिकामा गठबन्धनले अग्रता लिएको छ। तीन सय बढी मत गणना हुँदा प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार हेमराज शर्माले १ सय ७२ मतका साथ अग्रता लिएका छन्।

घोराही उपमहानगरको रंगशाला: ऐन कुल्चँदै जग्गा खरिद

यो उपमहानगरले यो जग्गा प्राप्तिका लागि ऐनले उल्लेख गरे बमोजिमको समिति बनाएन। यो जग्गा प्राप्तिका बेला घोराही १६ का कार्यवाहक अध्यक्ष बनेका जगत श्रेष्ठका अनुसार यो समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासनका प्रतिनिधि वा भूमि प्रशासक कोही पनि थिएनन्।

स्थानीय तहमा उम्मेदवारी: गठबन्धनबीच बनेन बलियो तालमेल

जिल्लाका सबै स्थानीय तहहरुमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर जाने निर्णय गरेको भएपनि गठबन्धनको तालमेल फितलो देखिएको छ। सोमबार उम्मेदवारी दर्ताका क्रममा गठबन्धनमा आवद्ध सबै दलहरु एक भएर सामुहिक रुपमा उम्मेदवारी दिन सकेनन्।

उपमहानगरका जनप्रतिनिधिको सुविधा खर्च तीन करोड

उपमहानगरको आय–व्यय प्रतिवेदनअनुसार यो दुई करोड रूपैयाँ पनि पूरै खर्च भइसकेको छ। ‘गत वर्षको पदाधिकारी पारिश्रमिकतर्फको बजेट पूरै खर्च भएको छ,’ लेखा शाखाका एक कर्मचारीले भने। स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक दिनु असंवैधानिक भन्दै सर्वोच्चमा रिट परेपछि लुम्बिनी प्रदेशसहितका प्रदेशमा निर्धारण गरिएको जनप्रतिनिधिको पारिश्रमिक खारेज गर्न सर्वोच्चले फैसला गरेको थियो।

भ्रमणका लागि एक करोड २९ हजार बजेट

चार छुट्टाछुट्टै भ्रमण खर्च शीर्षकमा कुल एक करोड २९ हजार बजेट विनियोजन गरेको घोराही उपमहानगरपालिकामा अहिलेसम्म भ्रमणमा कति रकम खर्च भयो भन्ने एकिन छैन। उपमहानगरबाट अहिलेसम्म भ्रमण नभएको एक कर्मीचारीले बताए। तर रकम भने खर्च भइरहेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्