९ मंसिर २०८१ आइतबार
image/svg+xml

मानवअधिकारको प्रत्याभूति राम्रो तर कार्यान्वयन फितलो छ

शान्ति स्मारक अनावरण गर्न र मानव अधिकारको वर्तमान अवस्था स्थलगत रुपमा बुझ्न रोल्पा आएका राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा संग समसामयीक विषयमा गरिएको अन्तरवार्ता।

प्रहरी कार्यालय व्यवस्थित छैन : मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले यौनजन्य हिंसाजस्तो गम्भीर प्रकृतिको मानवाधिकार उल्लंघनका घटनाको अनुसन्धान तथा कारवाही प्रक्रिया व्यवस्थित र पीडितमैत्री बनाई हिंसापीडित महिलाको न्यायमा पहुँच अभिवृद्धि गर्नुपर्नेमा आग्रह गरेको छ।

'यातायात सेवा नपाउनु पनि मानवअधिकार हनन्'

उपराष्ट्रपति नन्दबहादुर पुनले २१ औँ शताब्दीमा पनि नेपालका केही जिल्लामा सडक सञ्जाल नजोडिएका कारण मानिस घण्टौंसम्म हिंड्न बाध्य हुनु मानवअधिकार हनन् भएको बताएका छन् । देश विकासको महत्वपूर्ण क्षेत्र यातायातमा भएको उपलब्धी गौरव गर्न लायक भए पनि सन्तोषजनक नभएकाले सरकारले बिशेष योजना ल्याउनुपर्नेमा उनले जोड दिए ।

मानवअधिकार महाभेलाको घोषणापत्र २०१७ जारी

६९ औ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकारवादी संघसंस्थाले ‘मानव अधिकार राष्ट्रिय महाभेला २०१७’ घोषणा गरेको छ । सोमबार राजधानीमा  सम्पन्न विभिन्न ८५ वटा संघसंस्थाको भेलाले  सो घोषणपत्र जारी गरेको हो । ५० बुँदे घोषणापत्र सोमबार उपराष्ट्रपति नन्द बहादुर पुनलाई बुझाएको छ  ।  शनिबारदेखि सुरु भएको सो महाभेलामा मानवअधिकारका विभिन्न क्षेत्रमा सक्रिय प्रतिनिधिको सहभागिता थियो ।

मानवअधिकार संरक्षणका प्रयासहरुको सम्मान गरौँ : राष्ट्रपति फिङ

चिनियाँ राष्ट्रपति सि जिनफिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गरेका छन्।

नेपाल राष्ट्रसंघ मानवअधिकार परिषद्मा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ । एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा सबैभन्दा बढी मत ल्याएर नेपाल सदस्यमा निर्वाचित भएको हो ।

स्थानीय सरकार र मानवअधिकार

०६२-०६३ को जनआन्दोलनपछि मुलुकले काँचुली फेर्ने धेरैेको विश्वास थियो । लोकतान्त्रिक गणतन्त्रले ‘सुखका दिन ल्याउला’ भनेर प्रायः सबैको आशा थियो, तर त्यसो भएन । मुलुक पुनः शासक र शासित वर्गमा विभाजित भयो । राजनीतिज्ञ सेवक होइन, शासक बने । भागबण्डा र सत्तामोहको राजनीति हाबी भयो । भ्रष्टाचार र दण्डहीनताको चंगुलमा फस्यो देश ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा डा.केसीको जीवनरक्षाको माग

राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रमा सुधारको माग राखी १९ दिनदेखि अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेको छ।

सुरु भयो मानवअधिकार फिल्म महोत्सव

मानव अधिकारका विषयमा केन्द्रित फिल्महरुलाई प्राथमिकता दिदैं मानवअधिकार अन्तराष्ट्रिय फिल्म महोत्सव बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।  ‘मेरो पनि अधिकार छ’  भन्ने नारासहित सुरु भएको महोत्सवको उद्घाटन मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गरे ।

भोलिदेखि मानवअधिकार फिल्म मेला

बिहीबारदेखि राजधानीमा मानवअधिकार फिल्म मेला लाग्ने भएको छ । मंगलबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै आयोजकले उक्त जानकारी गराएको हो ।

सप्तरीमा मानवअधिकार आयोगसहित दर्जन बढी गाडीमा तोडफोड

मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहीबार राष्ट्रिय मानवाधिकार आयोगको गाडीमा तोडफोड गरेका छन्। आयोगकी प्रवक्ता मोहना अन्सारीसहितका पदाधिकारीहरु चढेको बा ७ च ७४७९ नम्बरको गाडीमा मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन्।

राष्ट्रिय मानवअधिकार आयोगको गाडी तोडफोड

राष्ट्रिय मानवअधिकार आयोग जनकपुर क्षेत्रीय कार्यालयको गाडी राजविराजमा तोडफोड भएको छ। मंगलबार बिहान घटनाको वास्तविकता बुझ्न रव रेग्मीको नेतृत्वमा आयोगको टोली राजविराज पुगेको थियो।

युवती हत्या अनुसन्धानमा मानवअधिकार आयोग

तीन साता बित्दा समेत खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया रीता तामाङको हत्यामा संलग्न दोषीलाई प्रहरीले पत्ता लगाउन नसकेपछि मानवअधिकार आयोगको टोली अनुसन्धानमा लागेको छ। माघ २६ गते छिमेकी गाविस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा तामाङको शव भेटिएको थियो।

ट्रम्पको निर्णय गैरकानुनीः राष्ट्रसंघ मानवअधिकार प्रमुख

संयुक्त राष्ट्रसंघ मानवअधिकार प्रमुख जैयद विन राद जैयद अल हुसैनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खासगरी इस्लामिक मुलुकका नागरिकलाई लक्षित गरी अमेरिका भ्रमणमा लगाइएको प्रतिबन्ध गैरकानुनी भएको बताएका छन्।

मानवअधिकार आयोगलाई टेर्दैन सरकार

राष्ट्रिय मानवअधिकार आयोगले उजुरी अध्ययन गरी दोषीमाथि कारबाहीका लागि सरकारलाई सिफारिस गरी पठाएका फाइल सिंहदरबारमै थन्किएका छन्। अधिकांश सिफारिस कार्यान्वयनमा नआई दराजमै थन्किएको आयोगको गुनासो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्