छुवाछुत उन्मुलनमा राज्य असफलः अध्यक्ष शर्मा
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले छुवाछुत उन्मुलनमा राज्य असफल भएको बताएका छन्। जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले शनिबार राजधानीमा गरेको अन्तरक्रियामा अध्यक्ष शर्माले छुवाछुत उन्मुलन सम्बन्धित नीतिगत तर्जुमामा राज्य असफल भएको बताए।