२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

२८ वर्ष नाघेका विद्यार्थी स्ववियु उम्मेदवार हुन नपाइने

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ। आज बसेको त्रिविको ४२ औं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा खेलकुद कल्याण शाखा प्रमुख गङ्गावहादुर थापाले जानकारी दिए।

ट्याक्टरले च्यापिर एक विद्यार्थीको मृत्यु

मोटरसाइकल र ट्याक्टरको बीचमा च्यापिएर एक किशोरको निधन भएको छ। शैक्षिक भ्रमणमा रहेका त्रियुगा नगरपालिका ५ का १२ वर्षीय अभिनय भट्टराईको ट्याक्टर चढ्ने क्रममा पछाडिबाट आएको मोटरसाइकले ठक्कर दिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चित्रको विकल्प खोज्दै दृष्टिविहीन विद्यार्थी

चैत ३ गते कक्षा १० को अन्तिम परीक्षा सुरु हुँदैछ। नयाँ शिक्षा ऐनअनुसार कक्षा १० को अन्तिम परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसइई) नाम दिइएको छ। सामान्य अवस्थाका विद्यार्थीका लागि परीक्षा सहज भए पनि दृष्टिविहीनका लागि भने सास्ती भोग्नुपर्ने सम्बन्धित विद्यार्थीको गुनासो छ। यसको मुख्य कारण चित्र भएको उनीहरूको भनाइ छ।

त्रिविका ९ हजार ७ सय विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोह बिहीबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजको खेल मैदानमा सम्पन्न भएको छ। समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कूलपति पुष्पकमल दाहालले विभिन्न शंकामा उत्कृष्ट हुने विद्यार्थीलाई पदक तथा पुरस्कार प्रदान गरे।

विद्यार्थीलाई सेनाले दियो सेवा दलको तालिम

नेपाली सेनाले मधेसी युवालाई सुरक्षा निकायमा आकर्षण बढाउन जनकपुरस्थित दुई वटा सामुदायिक विद्यालयका ७२ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम दिएको छ।

विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर

ललितपुरस्थित क्यारेवियन स्कुलका विद्यार्थी चढेकाे बस मकवानपुरकाे फाखेल जाने बाटाेमा दुर्घटना भएकाे छ। २६ जना विद्यार्थी बाेकेकाे बस शनिबार विहान दुर्घटना भएकाे ललितपुरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए।

शुल्क बढाएपछि विद्यार्थी आन्दोलित

विशालनगरमा रहेको कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सले शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रेका छन्। पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित उक्त कलेजले एकैपटक ९२ हजार रुपैयाँ शुल्क वृद्धि गरेको आरोप विद्यार्थीले लगाएका छन्।

कमाउने लोभमा अनुमतिबिना सयौं विद्यार्थी भर्ना

डडेल्धुराको पोखरा स्थित डडेल्धुरा पारामेडिकल क्याम्पसले अनुमतिबिना धमाधम विद्यार्थी भर्ना गरेपछि १ सय ६० जना विद्यार्थीको भबिष्य अन्यौलमा परेको छ।

छ महिने विद्यार्थी जागरणका छ अर्थ

लोकतान्त्रिक संस्कार हुर्काउने कारखाना बन्द गरिँदा कसरी गणतन्त्र हुर्कन्छ? भविष्यका लागि काविल नेतृत्व कसरी स्थापित हुन्छ? कसरी समावेशिताको मर्म जनतामा सञ्चार हुन्छ?

युवा विद्यार्थीले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव विरुद्ध आन्दोलनरत युवा विद्यार्थीले अनावश्यक वैदेशिक चलखेल तथा हस्तक्षेप अन्त्यका लागि भन्दै आइतबार दुई बजे परराष्ट्र मन्त्रालयका ध्यानाकर्षण पत्र बुझाउने भएका छन्।

दुर्व्यसन जोखिममा स्कुले विद्यार्थी

नक्सालको नारायणचौरस्थित नन्दी माविमा केही दिनअघि विद्यालय पोसाकमै नानीहरू वरिपरिका मदिरा पसल र चुरोट पसलमा भेटिए। चुरोट पसलमा केही छात्रछात्रा चुरोट पिइरहेका थिए भने केही नारायणचौरमा रहेको तरकारी बजारमा रहेको अवैध मदिरा पसलमा भेटिए।

युवा विद्यार्थीद्वारा बालुवाटार घेराउ

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनका विरोधमा युवा विद्यार्थीहरुले बुधबार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन्। एमाले निकट विद्यार्थी संगठन अखिल, युवा संघले संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका थिए।

शैक्षिक भ्रष्टाचारविरुद्ध नयाँ शक्ति विद्यार्थी युनियनले संघर्ष गर्ने

नयाँ शक्ति विद्यार्थी युनियनले संगठनको राष्ट्रिय सम्मेलन गर्ने भएको छ। युनियनको केन्द्रीय समितिको बैठकले चैत्र २४, २५ र २६ गते बुटबलमा सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता रुपनारायण श्रेष्ठले जानकारी दिए।

नयाँ शक्ति विद्यार्थीको प्रश्न: नेताको उपचार सरकारले, जनताको उपचार कसले ?

काठमाडौं- नयाँ शक्ति विद्यार्थी यूनियनले कांग्रेस नेतृ सुजता कोइरालालाई उपचारको लागि ५० लाख दिने निर्णयको विरोध गरेको छ।

अमेरिका जाने नेपाली विद्यार्थीको संख्या १८ प्रतिशतले बृद्धि

अमेरिकी कलेज तथा विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीको संख्यामा अघिल्लो बर्षभन्दा १८.४% ले बृद्धि भएको छ। २०१६ को अन्तर्राष्ट्रिय शैक्षिक आदनप्रदानबारे आज जारी गरेको ओपेन डोर प्रतिवेदनले उक्त बृद्धी देखाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्