५ आश्विन २०८१ शनिबार
image/svg+xml

एमसिसीविरुद्ध नेमकिपाको विरोध प्रदर्शन

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्जा कर्पोरेशन खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ। राष्ट्रघाति एमसिसी सम्झौता खारेजी गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेमकिपाले जनाएको छ।

एमसिसीले निम्त्याएको संकट

हिजो तत्कालीन एमालेकै कारण अरुण जलविद्युत् परियोजना २५ वर्ष पछाडि धकेलियो। आज फेरि विद्युतीय प्रसारणसँग जोडिएको योजना पनि अलपत्र पर्ने अवस्था देखिँदै छ। हामी, अर्को २५ वर्ष पछाडि धकेलिने समृद्धिका पक्षमा उभिन तयार भएका हौं ?

एमसिसी संशोधन गर्न नेताहरु तयार

कार्यदलले एमसिसी इन्डोप्यासिफिक रणनीति भएकोमा शंका गर्ने ठाउँ नरहेको स्पष्ट पार्दै यसबाट मुक्त हुन सरकारलाई सुझाव दिइएको छ।

नेकपा सचिवालय बैठक : एमसिसी बारे निर्णय हुन सकेन

शनिबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा आवश्यक छलफल गरेर अगाडी बढ्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले अर्को सचिवालय बैठकबाट आवश्यक निर्णय गरेर अगाडी बढ्ने निर्णय गरेको हो।

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन्।

एमसिसी पारित गर्न अमेरिकी दबाब

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको संसद्बाट पारित गराउन अमेरिकाले कूटनीतिक दबाब बढाएको छ।

एमसिसी संशोधनपछि मात्र अनुमोदन: नेकपा कार्यदल

वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले अहिलेकै अवस्थामा उक्त सम्झौता कार्यान्वयन गर्ने हो भने राष्ट्रिय सार्वभौमिकता र नेपाल तथा नेपालीको स्वतन्त्रतामा गम्भीर असर पर्ने तर्क गरेको छ।

एमसिसी कार्यदलले प्रतिवेदन बुझायो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी)को अध्ययन गर्न गठित कार्यदलले आज आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वयसमक्ष बुझाएको छ। समितिले शुक्रबार साँझ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष प्रतिवेदन बुझाएको हो। यसअघि कार्यदलको नेकपाको सिंहदरबारमा बसेको बैठकले प्रतिवेदन आज बुझाउने निर्णय गरेको थियो।

एमसिसी कार्यदलको प्रतिवेदन तयार

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले प्रतिवेदन तयार गरेको छ। आज बसेको बैठकले कार्यदलले सुझावसहित तयार पारेको प्रतिवेदन आज पार्टी अध्यक्षद्वयलाई बुझाउने भनिएको छ।

एमसिसी अनुमोदन हुन्छ : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहयता सम्झौता संसद्बाट अनुमोदन हुने बताएका छन्।

एमसिसीविरुद्ध नेमकिपाले प्रदर्शन गर्ने

नेपाल मजदुर किसान पार्टी केन्द्रिय समितिले एमसिसीविरुद्ध काठमाडौंमा पदर्शन गर्ने भएको छ।

एमसिसी कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउने

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले शुक्रबार एमसिसीको प्रतिवेदन बुझाउने भएको हो।

कार्यदलले एमसिसी बारे अध्ययन मात्रै गर्छ, निर्णय गर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनका (एमसिसी) का विषयमा अध्ययन कार्यदलले अध्ययन गरेर सुझाव मात्रै पेश गर्ने प्रष्ट पारेका छन्। बंगलादेशको औचारिक भ्रमण सकेर स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले एमसिसीका विषयमा अध्ययन गरेर सुझाव पेश गर्ने तर पारित गर्ने/नगर्ने विषयमा कुनै निर्णय नगर्ने बताएका हुन्।

अछाम पुगेर कांग्रेस नेता बडुले भने, ‘एमसिसी पास हुनुपर्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडुले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) पास हुनु पर्ने बताएका छन्।

नेकपामा एमसिसी सकस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे स्पष्ट हुन बनाएको कार्यदल अन्योलमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्