२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

हिमपातले यातायात, टेलिफोन र विद्युत सम्पर्क टुटायो

हिमाली जिल्ला मनाङ, मुस्ताङ, म्याग्दी सहित गोरखा र कास्कीका उच्च भेगमा बाक्लो हिमपात भएको छ। हिमपातले हिमाली जिल्लाको अरु जिल्लासँग सम्पर्क टुटेको छ। मनाङमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध छ। त्यस्तै म्याग्दीको गुर्जामा पनि विद्युत र टेलिफोन सम्पर्क टुटेको छ। हिमाली जिल्लासम्मको यातायात पनि अवरुद्ध भएको छ।

उत्तरी गोरखामा बाक्लो हिमपात

उत्तरी गोरखामा बाक्लो हिमपात भएको छ। बिहीबार रातीदेखि परेको हिउँ शुक्रवार दिउँसोसम्म रोकिएको छैन। चुमनुब्री गाउँपालिको छेकम्पार, सामागाउँ, ल्हो, बिही, प्रोकमा बाक्लो हिउँ परेको छ। धार्चे गाउँपालिकाको पनि अधिकांश ठाउँमा हिमपात भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्