२६ आश्विन २०८१ शनिबार
image/svg+xml

सुष्मा र जेनिश उत्कृष्ट बक्सर घोषित

प्रतियोगितामा उत्कृष्ट बक्सरद्वय जेनिश पुरुष ५६ केजी र सुष्मा ४६–४८ केजी तौलसमूहका स्वर्ण विजेता हुन्। पुरुषतर्फ ४९ केजीमा रबन ओलीले दाङका सुरज ओली, ५२ केजीमा कास्कीका सुरज गुरुङले दाङका रोहन मलिक, ६० केजीमा दाङका अनिलकुमार पुन मगरले बाँकेका इन्द्रबहादुर सुनुवारलाई हराउँदै स्वर्ण जिते।

सयपत्री गोल्डकप शुरुः आयोजकको विजयी शुरुवात

बुटवलमा मंगलबारदेखि शुरु भएको स्व. ज्ञानबहादुर गुरुङको स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजकले विजयी शुरुवात गरेको छ।

विकास रनिङ शिल्ड पुलिसलाई

विभागीय टोली नेपाल पुलिस क्लबले टुबोर्ग जेसिज विकास रनिङ शिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाइब्रेकरमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक रहेको खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन। नेपाल पुलिस क्लबले दबाबमा राखेको खेलमा पाएका अवसर क्लबले सदुपयोग गर्न सकेन।

जितविहीन हुँदै नेपाल बाहिरियो

एएफसी फुटसल च्याम्पियनसिप छनोटअन्तर्गत मध्य तथा दक्षिण एसियाली छनोटको समूह ‘ए’ मा रहेको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

एसियन एमेच्योर चेस कात्तिक अन्तिम साता

नेपालमा सर्वाधिक राशिको चेस प्रतियोगितामा एसियन एमेच्यार चेस च्याम्पियनसिप कात्तिकको तेस्रो सातादेखि हुने भएको छ।

नेपालद्वारा उत्तरकोरिया र लक्जेम्बर्ग पराजित

सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिताअन्तर्गत आज भएको ब्याड्मिन्टनतर्फ पहिलो चरणको खेलमा नेपालले उत्तरकोरिया र लक्जेम्बर्गलाई पराजित गरेको छ।

खोटेहाङ गाउँपालिका ‘बी’लाई उपाधि

खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको मपारुङ अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि खोटेहाङ गाउँपालिका (बी) ले चुमेको छ।

मार्शल आर्टसमा प्रदेश ५ पहिलो

रोल्पा मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा ‘सहिद स्मृति मार्शल आर्टस् हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता’ सकिएको छ।

राष्ट्रिय दोहोरी प्रतियोगितामा नवलपरासी उत्कृष्ट

मौलिक लोक सङ्गीतको संरक्षण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी उत्कृष्ट भएको छ।

उधारोमा राष्ट्रिय प्रतियोगिता

रोल्पा मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा हुने ‘सहिद स्मृति मार्शल आर्टस् हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ।

विकास रनिङ शिल्ड बिहीबारदेखि

टुबोर्ग जेसिज विकास रनिङ शिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिता असोज ३० गते बिहीबारदेखि हुने भएको छ। नारायणगढ जेसिजको आयोजना, चितवन जिल्ला फुटबल संघको सह आयोजना र विकास शिल्ड समितिको सहयोगमा आयोजना हुने प्रतियोगिता नारायणगढको क्याम्पाचौरमा सञ्चालन हुनेछ। प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिताका मूल संयोजक कपिल श्रेष्ठले जानकारी दिए।

आइडो केन्दो टोलीको बिदाइ

दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपाल आइडो तथा केन्डो संघको टोलीलाई मंगलबार बिदाइ गरियो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरे।

बक्सिङ टोली प्रशिक्षणका लागि पोखरामा

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारी तीव्र भइरहँदा दोस्रो आयोजनास्थलको रूपमा रहेको पोखरामा चार खेलका खेलाडी बन्द प्रशिक्षणमा व्यस्त छन्।

'साग पूर्वाधारलाई बजेट निकासा भइसक्यो'

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पूर्वाधार निर्माणका लागि आवश्यक बजेट निकासा भइसकेको बताएका छन् ।

छेलो हान्ने प्रतियोगिता

प्राचीनकालदेखि महानवमीको दिन खेलिँदै आएको छेलो हान्ने प्रतियोगिता उत्तरी धादिङको झार्लाङमा सम्पन्न भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्