२३ आश्विन २०८१ बुधबार
image/svg+xml

माओवादी नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

केही समयदेखि कमलपित्तबाट अस्वस्थ भएका उनको सुमेरु अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि आज बिहान बैंकक गएका हुन्।

माओवादी स्थायी कमिटी बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेण्डा

स्थायी कमिटी बैठकको मुख्य एजेण्डा मन्त्रिपरिषद् विस्तार रहेको स्राेतकाे भनाइ छ। कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको साढे दुई महिना वित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

माओवादी नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाँदै

कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए।

लिपुलेकको मुद्दा उठाउन श्रेष्ठको निर्देशन

भक्तपुरको सल्लाघारीमा सोमबार सम्पन्न अखिलको वाग्मती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै श्रेष्ठले शैक्षिक र राजनीतिक मुद्दाका अलावा राष्ट्रिय मुद्दा उठाउन अखिललाई निर्देशन दिएका हुन्।

मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धन बैठकमा छलफल गरिने: माओवादी केन्द्र

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ।

ती ओली, यी देउवा

केपी ओली पार्टी र सरकारसहित सबैथोक मै हुँ, मैले जे गरें त्यही ठीक भन्दै आत्मकेन्द्रित बन्न पुगे। नचाहँदा नचाहँदै प्रधानमन्त्री बनेका शेरबहादुर देउवा सत्ता गठबन्धनका दलहरूको घेराबन्दीमा परे, त्यसबाट बाहिर निस्कनै सकेका छैनन्।

द्वन्द्वमा यौन हिंसा भोगेका पीडितका पीडाः न सरकारले हेर्‍यो, न घर–समाजले बुझ्यो

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादी खोज्दै गाउँ पसेको सेनाले लालसरा (नाम परिवर्तन) लाई कुटपिट गर्दै घर नजिकैको जंगलमा पुर्‍याएर बलात्कार मात्रै गरेन, योनीमा लठ्ठीले घोच्यो। मरी भनेर फालिएकी उनलाई केही घण्टापछि गाउँलेहरुले उद्धार गरे। माओवादी द्वन्द्वका बेला सेनाबाट बलात्कृत भएकी उनी अहिले कर्णालीको एक स्थानीय तहको उपप्रमुख छिन्।

ओली र दाहाललाई चुनावी चटारो

सार्वजनिक मञ्चहरूमा एकअर्काविरुद्ध गालीगलौजमा उत्रिएका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले आगामी चुनावलाई लक्षित गर्दै त्यसको तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँट

सङ्गठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले यहाँका दशैवटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ।

आजै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: प्रचण्ड

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बिहीबार (आज) सम्ममा मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्।

प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

वर्तमान सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको काम कारबाहीमा समस्या आएको बताइएको छ।

माओवादी अब नयाँ शिराबाट अघि बढ्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताएका छन्।

पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढ्योः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहलले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताएका छन्।

राष्ट्र, गणतन्त्र र संविधान बचाउन माओवादी शक्ति एक हुनुपर्छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताएका छन्।

गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजाने कसरत : प्रचण्ड

राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताउँदै उनले माओवादी शक्तिका बीचमा एकता र सहकार्य जरुरी रहेकोमा जोड दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्