१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

रौतहट सदरमुकाम गौर जलमग्न

लगातारको वर्षातले रौतहट अस्तव्यस्त बनेको छ। तीन दिनदेखि जिल्लामा देखिएको बाढीले जिल्लाको अवस्था अत्यन्तै गम्भीर बनेको छ। वर्षा र बाढीले जिल्लाको विभिन्न गाउँको सम्पर्क टुटेको छ। चन्द्रपुर, गरुडा र गौरमा रहेको नेपाल टेलिकमको कार्यालयको टाबरले काम गर्न छोडेपछि धेरै गाउँसँगको सम्पर्क टुटेको हो।

सोलुखुम्बुको यातायात सदरमुकाममा सीमित

साउने झरीसँगै सुरु भएको बाढी र पहिरोका कारण सोलुखुम्बुका ग्रामिण सडकहरु ठप्प भएका छन् । जिल्लाका आधा दर्जन भन्दा बढी ग्रामिण सडक साउने झरीले हिलाम्मे बनाएपछि प्रभावित भएपछि सवारी साधनहरु संञ्चालन हुन नसकेका छैनन्। सोलुखुम्बुको नेले हुँदै रोक्ती, काँकु, बासा, जुनवेसी, नेचाँ हुँदै सल्यानसम्म जाने सडक लगातारको वर्षाले हिलाम्मे पारेपछि सवारी साधान संञ्चालनमा कठिन भएको छ ।

बेपत्ता युवक सार्वजनिक गर्न माग गर्दै बागलुङ सदरमुकाम बन्द

लागूऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका एक युवकको खोजी गर्न माग गर्दै उनका परिवारले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन्।

सदरमुकामबाटै तीन हजार लिटर घरेलु मदिरा बरामद

सदरमुकाम धादिङबेसी आसपासका क्षेत्रबाट प्रहरीले एकैदिन ३ हजार लिटर घरेलु मदिरा बरामद गरेको छ ।

गाउँमै आयो सदरमुकाम !

स्थानीय तह पुःर्नसंरचना कार्यान्वयनमा आएपछि खोटाङको बाहुनीडाँडा–१ (हाल हलेसी तुवाचुङ नगरपालिका–१) का पुष्पराज राई मख्ख छन् । सदरमुकाम दिक्तेलबाट प्राप्त हुने सबै सरकारी सेवा सुविधा अव हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिमबाटै प्रबाह हुने भएपछि राई हर्षित भएका हुन् । हरेक सरकारी कामकाजका लागि एक दिनदेखि दुई दिन लगाएर सदरमुकाम दिक्तेल धाउनुपर्ने बाध्यता अन्त्या भएको राई बताउँछन् । ‘दिक्तेलबाट हुने सबै काम अब हाम्रै हलेसी तुवाचुङ नगरपालिकाबाट हुन्छ, ‘राईले भने, ‘सदरमुकाम धाए जस्तो घण्टौं समय लागेन, खर्च पनि घट्यो ।’

गुनासो लिएर गाउँगाउँका भूकम्पपीडित सदरमुकाममा

भूकम्पको २० महिनासम्म सरकारले घर बनाउने अनुदानको ५० हजार रुपैयाँ नदिएपछि सिम्जुङ– ९ की पूर्णमाया घले बिहीबार आन्दोलनमा सहभागी हुन सदरमुकाम आइन् ।

दार्चुला सदरमुकाम डुबानमा पर्ने सम्भावना, सतर्क रहन आग्रह

भारतको धारचुला खोतिलमा गएको सुक्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला सदरमुकामवासी डुबानको खतरामा परेका छन् ।  प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिएको जानकारीअनुसार उक्त क्षेत्रमा खसेको पहिरोले महाकाली थुन्न थालेको हो । “महाकाली नदी पहिरोले साघुरिँदै गएको छ”– उनले भने, “माथिबाट ठूलो पहाड खसिराखेको छ पन्छाउन समेत भ्याएको छैन,” उनले भने।

सदरमुकाममै घुमिरहेका ‘फरार’ देख्दैन प्रहरी

इलाम-युवतीमाथि यौनजन्य दुव्र्यवहार आरोप लागेका एक स्वास्थ्यकर्मी प्रहरीको रेकर्डमा ‘फरार’ छन्। तर, उनी कहिले जिल्ला स्वास्थ्य कार्यालय नै आएर ‘मलाई काममा फर्काइयोस्’ भन्ने निवेदन हाल्छन् त कहिले आफ्ना सहकर्मीसँग सदरमुकामकै होटलहरूमा भेटिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्