रुख र काठको विवरण मोबाइल सफ्टवेयरमा
दुई वर्षअघि पुस महिनाको पहिलो साता व्यवस्थापिका संसद्को वातावरण समितिले वैज्ञानिक वन व्यवस्थापनमा रोक लगायो । उमेर पुगिसकेका बुढा रुख काट्नसमेत प्रतिबन्ध लाग्यो । यसको कारणमा यसरी काटिएका रुख बेचबिखनमा बदमासी हुन्छ भन्ने समितिका सदस्यको दाबी थियो ।