पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल: पाँच दशकदेखिको सपना पूरा
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आइतबार सञ्चालनमा आएपछि झन्डै पाँच दशकदेखिको पोखरेली सपना पूरा हुनेछ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आइतबार सञ्चालनमा आएपछि झन्डै पाँच दशकदेखिको पोखरेली सपना पूरा हुनेछ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दैछन्। पोखरा महानगरपालिकाले पोखरेलीको विमानस्थल सपना पुरा भएको भन्दै विमानस्थल उद्घाटनका दिन आइतबार पोखरामा सार्वजनिक बिदा पनि दिएको छ।
भोलि आइतबार देखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुँदैछ ।
देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन्।
पोखराका धेरै पर्यटन व्यवसायीले अहिले पर्यटन क्षेत्रमा लगानी गरिरहेका छन। ती सबै व्यवसायी पोखरा अन्तर्राष्ट्रिय यो विमानस्थलप्रति निकै नै आशावादी छन। व्यवसायीले लगानी बढाउन चाँसो दिनुमा यहाँको अन्तर्राष्ट्रिय विमानस्थल मुख्य कारण बताउँदै आएका छन्। व्यवसायीले अहिलेभन्दा बढी संख्यामा पर्यटक भित्र्याउन विमानस्थलले सघाउने बताएका छन्। कतिपय व्यवसायीले पूर्णरुपमा नयाँ संरचना बनाईरहेका छन् भने केहीले भने लगानीको आकार बढाइरहेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरु उत्साहित भएका छन्।
प्याराग्लाइडिङ उडानको सुरुवात नै झण्डै अढाइदशक अघि सराङकोटबाट भएको हो। त्यसपछि नजिकैको तोरीपानी र मान्द्रेढुंगा क्षेत्रको आकाश पनि प्याराग्लाइडिङका लागि खुला भएका थिए तर अब सराङकोट र तोरीपानीबाट भने उडान गर्न नमिल्ने प्राधिकरणले बताएको छ।
नेपालगन्ज विमानस्थलको स्तरोन्नतीसँगै दिल्ली उडानका लागि पहल थालिएको हो। दुई वर्षअघि दिल्ली उडानको पहल थालिएपनि भारतीय पक्षबाट अनुमती नदिदाँ अभियान बीचमै रोकिएको थियो।
सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ।
आगामि जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भएपछि यहाँस्थित सराङकोटको आकाशमा उडान भईरहेको प्याराग्लाइडिङ सधैंका लागि बिस्थापित हुने भएको छ। सराङकोटबाट बिस्थापित भएको प्याराग्लाइडिङ त्यहाँबाट झन्डै ५ किलोमिटर पश्चिमको मान्द्रेढुंगाबाट मात्र उड्न पाउने भएको छ।
अंग्रेजी नयाँवर्षको पहिलो दिन २०२३ जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। विमानस्थल संचालनमा आएसँगै आन्तरिक उडान अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु गर्ने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गरिरहेको छ। आन्तरिक बाहेक अन्तर्राष्ट्रिय उडानको तयारीमा पनि आन्तरिक वायुसेवा कम्पनि जुटिसकेको छन। आन्तरिक वायुसेवा कम्पनिको तयारी बाहेक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिले पनि पोखराको यो विमानस्थलसम्म सिधा उडानका भर्नका लागि चाँसो दिएका छन्।
अंग्रेजी नयाँवर्षको पहिलो दिन २०२३ जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। विमानस्थल संचालनमा आएसँगै आन्तरिक उडान अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु गर्ने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गरिरहेको छ। आन्तरिक बाहेक अन्तर्राष्ट्रिय उडानको तयारीमा पनि आन्तरिक वायुसेवा कम्पनि जुटिसकेको छन। आन्तरिक वायुसेवा कम्पनिको तयारी बाहेक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिले पनि पोखराको यो विमानस्थलसम्म सिधा उडानका भर्नका लागि चाँसो दिएका छन्।
अंग्रेजी नयाँवर्ष २०२३ को पहिलो दिन जनवरी १ पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा संचालनमा आउँदैछ । त्यसैको तयारी स्वरुप निजी क्षेत्रका वायुसेवा कम्पनि बुद्ध र यती एयरलाइन्सले विहीबार एटिआर–७२ जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक हवाईजहाज अवतरण गराए । त्यत्ति मात्र नभई विमानस्थलबाटै उडान पनि भरे । डेमो फ्लाइट पछि व्यवसायीक उडानको तयारी थाल्ने हवाई कम्पनिले बताएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि औपचारिक रुपमा सञ्चालनमा आउँदैछ। त्यसैको तयारी स्वरूप निजी क्षेत्रका वायुसेवा कम्पनी बुद्ध र यती एयरलाइन्सले बिहीबार एटिआर–७२ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गराएका छन्। त्यही विमानस्थलबाट उडान पनि गरेका छन्।
बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ।