१ मंसिर २०८१ शनिबार
image/svg+xml

ओलीको पूर्वमाओवादी मोहले खटपट

अध्यक्ष ओलीले नवौं महाधिवेशनमा आफूलाई असहयोग गर्ने र दसाैँ महाधिवेशनमा बखेडा निकाल्ने नेतालाई भन्दा चुपचाप बस्ने पूर्वमाओवादी नेतालाई पार्टी जिम्मेवारीमा उपल्लो स्थानमा राखेका छन्।

एमालेमा फेरि ओली नेतृत्व

मत गणनापछि एमाले केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले ओली अध्यक्षमा विजयी भएको घोषणा गरेका थिए। मंगलबार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। दुई हजार एक सय ५३ मतदाता रहेकोमा दुई हजार एक सय १४ जनाले मतदानमा सहभागी भएको जानकारी सुब्बाले दिए।

राष्ट्रिय राजनीतिमा पुनः उदाउलान् ओली?

बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका ओली काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतले पराजित गर्दै शीर्ष नेतृत्वमा निर्वाचित भएका थिए।

महाधिवेशनको रौनकले नेता–कार्यकर्तामा उमंग

शुक्रबार बिहान झिसमिसेदेखि एमालेका नेताकार्यकर्ता महाधिवेशन उद्घाटनस्थल वरपर भेला हुने, फोटो खिच्ने नाचगान गर्ने गरेका थिए। जसले गर्दा दिनभरजसो चितवन एमालेमय बन्यो।

एमाले महाधिवेशनः २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन्। उनले भने, 'मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण गरिने छ।' त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने छ। उनका अनुसार यी दुई स्थायी संरचना निर्माणका लागि करिब पाँच लाख खर्च हुने अनुमान गरिएको छ।

एमाले १०औँ महाधिवेशन: घरघरमा निमन्त्रणापत्र

नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रणापत्र पठाइएको छ। एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पुर्‍याउने गरी निमन्त्रणापत्र पठाएको हो।

प्रतिनिधि छनोटमा स्थायी कमिटीको लगाम

विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिलाई सहभागी बनाएको एमालेले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधिलाई मात्रै सहभागी गराउने निर्णय स्थायी कमिटीले बिहीबार गरेको छ।

एमालेको १०औं महाधिवेशन चितवनमा हुने

नेकपा (एमाले)को १०औं महाधिवेशन चितवनमा हुने भएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो। महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म हुने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्