१ मंसिर २०८१ शनिबार
image/svg+xml

महिला सिटमा बस्दा पक्राउ !

सार्वजनिक सवारी साधनको महिला सीटमा अटेर गरी बस्ने ८ जनालाई सोमबार दाङमा प्रहरीले नियन्त्रणमा लिएको छ। महिला सीटमा नबस्न पटक पटक गरेको आग्रह बेवास्ता गरेको भन्दै प्रहरीले पाँचवटा सार्वजनिक सवारी साधनबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

भारतबाट अवैधरुपमा ल्याउन लागेका भैसि सहित ७ पक्राउ

भारतबाट अवैधरुपमा ल्याइएका १२ भैसि सहित सात नेपालीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजारवाट राजस्व छलेर नेपालतर्फ भित्रयाउँदै गरेका १२ वटा लैना भैसि सहित ७ जनालाइ प्रहरीले पक्राउ गरेको हो।

रौतहटमा पेस्तोल सहित एक पक्राउ

रौतहट प्रहरीले अटोमेटिक पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ। शुक्रवार दिउँसो १० बजेको समयमा रौतहट सखुअवा ८ का २५ बर्षिय लालबाबु ठाकुरलाई अटोमेटिक पेस्तोल सहित पक्राउ गरेको हो।

ठमेलको होटलबाट ३५ लाख चोर्ने पक्राउ

राजधानीको ठमेलस्थित एक होटलबाट ३५ लाख चोरी गर्ने तीन जना पक्राउ परेका छन्। उनीहरुलाई भक्तपुरस्थित शिवराम धबौन्जारको घरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछापका तीर्थ थापा मगर, चन्द्र थापा मगर र टीका थापा मगर छन्।

२०५ राउन्ड गोलीसहित ८ पक्राउ

प्रहरीले २०५ राउन्ड गोलीसहित ८ जनालार्इ पक्राउ गरेकाे छ। जाजरकाेट आउँदै गरेको गाडीमा सवार खगेनकोट–३ का मिलन शाहीको झोलाबाट २०५ राउन्ड गोली बुधबार छेडाबाट प्रहरीले बरामद गरेको हो।

दाहाल अाउने भएपछि धनगढी तनाबग्रस्त, ७० जना पक्राउ

प्रधानमन्त्री पुष्पकमल दाहाल धनगढी आउन लाग्दा एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले सडकमा टायर बालेर आक्रोशपूर्ण प्रदर्शन गरेका छन्।भारतको इसारामा संविधान संशोधन प्रस्ताव ल्याइएको भन्दै प्रधानमन्त्रीप्रति अाक्रोशित उनीहरुले सडक अवरुद्ध पारेका छन्।

उपाध्यक्ष न्यौपाने माथि गोली प्रहार गरेको आरोपमा यादव पक्राउ

गोली प्रहार गरेको अभियोगमा रुपन्देही सिपवा–५ बस्ने ३५ वर्षीय बिरेन्द्र यादवलाई प्रहरीले कटुवा पेस्तोल १ थान ,सोको गोली १ राउण्ड र लु.२८ प १२६४ नम्वरको मोटरसाइकल सहित पक्राउ गरेको छ।

नापी सर्वेक्षक पाँच हजार घुससहित पक्राउ

अख्तिार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले नापी कार्यालय कलैया, बारामा कार्यरत एक नापी सर्वेक्षकलाई सेवा ग्राहीबाट घुस लिँदालिँदै मंगलबार पक्राउ गरेको छ।

विदेशी मुद्रासहित एक अमेरिकी पक्राउ

प्रहरीले अवैध अमेरिकी लडरसहित सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकजनालाई पक्राउ परेका छन्। नेपाल एयरलाइन्सको उडानबाट दिल्ली जान लागेका राहदानी नम्बर ४८१२४६१५४ बाहक अमेरिकी नागरिक ४५ वर्षीय टेसबुम तेनजिन दोर्जी डलर र रद्द गरिएका भारतीय नोटसहित पक्राउ परेका हुन्।

अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध विदेशी मुद्रा सहित एक अमेरिकीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल एयरलाइन्सको उडानद्वारा दिल्ली जान लागेका राहदानी नम्बर ४८१२४६१५४ वाहक अमेरिकी नागरिक ४५ वर्षीय टेसबुम तेनजिन दोर्जीलाई झोलाभित्र लुकाइछिपाई लैजान लागेको अमेरिकी डलर १ सय दरको २ सय थान, ५० दरको २ थान र २० दरको ७ थान गरी जम्मा २० हजार २ सय ४० तथा भारतीय रुपैयाँ १ हजार दरको २९ थान र ५ सय दरको १४ थान गरी जम्मा ३६ हजार रुपैयाँसहित सोमबार प्रहरीले पक्राउ गरेको हो।

कस्तुरीको बिना र जडिबुटीसहित दुई पक्राउ

सिन्धुपाल्चोक सुनखानी गाविस–८ बस्ने ३१ वर्षीय कार्साङ लामा र जुम्ला सिंजा नराकोट गाबिस–८ बस्ने १८ वर्षीय लोकेश बुढा क्षेत्रीलाई कस्तुरीको बिना र अन्य जडिबुटीसहित प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो।

जिप्रका सप्तरीमा बम राख्ने पक्राउ

जिल्ला प्रशासन कार्यालय सप्तरीमा बम राख्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सिराहाको गौरीपुर–५ बस्ने ५० वर्षीय नथुनी यादव र सप्तरीको प्रसवनी–७ घर भई हाल राजविराज–५ बस्ने ३० वर्षीय भवानीप्रसाद अरगरिया यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्