१ मंसिर २०८१ शनिबार
image/svg+xml

श्रीमती हत्या आरोपमा ८ वर्षपछि श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा ८ वर्षपछि श्रीमान पक्राउ परेका छन्। सर्लाही, राजघाट–३ का ६० वर्षीय शिवलाल महतो ४५ वर्षीया श्रीमती सावित्री देवी महतोको हत्या आरोपमा ८ वर्षपछि पक्राउ परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

तिवारीका हत्यारालाई पक्राउ गर्न माग गर्दै बर्दिबासमा प्रर्दशन

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारालाई अविलम्ब पक्राउ गर्नुपर्ने माग गर्दै नेकपा एमाले समर्थित नेता कार्यकर्ताहरुले बर्दिवासमा मंगलबार दिउँसो जुलुस प्रर्दशन गर्नुका साथै एक घण्टा चक्का जाम गरेका छन्।

सात भारतीय माझी पक्राउ

श्रीलङ्काको उत्तरी समूद्रको गैरकानूनी रुपमा प्रवेश गरेको आरोपमा सात भारतीया माझी पक्राउ गरिएको मङ्गलबार नौसेना स्रोतले जानकारी दिएको छ।

हत्यारालाई पक्राउ गर्न माग गर्दै युवा संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै युवा संघ अर्घाखाँचीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ। युवा संघका अध्यक्ष गोविन्दप्रसाद आचार्यले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वाललाई ज्ञापन पत्र बुझाए।

विद्युत् चोरीको अभियोगमा १६ जना उपकरणसहित पक्राउ

नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीको अभियोगमा १६ जनालाई आज बिहान पक्राउ गरेको छ ।

विद्युत् चोरी गर्ने ३३ जना पक्राउ

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पर्साले गएराति जिल्लाको विभिन्न ठाउँमा छापा मारी विद्युत् चोरी गर्ने ३३ जनालाई पक्राउ गरेको छ।

युवती ओमान पठाउने पक्राउ

नेपाली युवतीलाई आकर्षक तलब भत्ताको प्रलोभनमा पारी ओमान पठाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी दुम्कीबास–३ घर भई काठमाडौं बसुन्धारा बस्ने ३५ वर्षीय राजकुमार खरेल, ताप्लेजुङ फूलबारी–७ घर भई मोरङ विराटचोक इन्द्रपुर–४ बस्ने ४६ वर्षीय पुरन सुब्बा भन्ने पूर्णबहादुर लिम्बू र रुपन्देही देवदह–२ बस्ने ४१ वर्षीय हरिप्रसाद थारू छन्।

अख्तियारको निर्देशनमा अवैध सामान सहित ब्यापारी पक्राउ

धनकुटा प्रहरीले भन्सार छलि गरेर ल्याएको सामानसहित व्यापारी र एउटा बलेरो पिकअप नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयमा भूकम्प पीडित परिवारलाई वितरण गर्नकालागि आएको ब्लयाङ्केट बिक्री भइरहेको सूचना आएपछि प्रहरीले पिछा गरेर उक्त गाडीलाई धनकुटाको डाँडाबजारमा पक्राउ गरेको हो।

तीन किलो चरेश हङकङ लैजाँदै गर्दा दुई पक्राउ

तीन किलो चार ग्राम चरेश सहित दुई जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।

लमजुङ महोत्सवबाटै जालीनोट छाप्ने युवा पक्राउ

जालीनोट बनाउँदै आएका एक युवालाई सदरमुकाम बेसीशहरमा भईरहेको पाँचौं लमजुङ महोत्सवबाट प्रहरीले शुक्रबार पक्राउ गरेको छ । कम्प्युटरको सहयताबाट घरमै जालीनोट बनाउँदै आएका बेसीशहर नगरपालिका ४ गैरीका ३० वर्षीय राजकुमार श्रेष्ठ महोत्सवस्थलबाट पक्राउ परेका हुन् ।

लागुऔषध ८ किलो पोलेण्डसहित कालिमाटीबाट एक पक्राउ

लागुऔषध ओसार पसारमा संलग्न रहेको आरोपमा प्रहरीले कालिमाटी तरकारी तथा फलफूल बजार परिसरबाट एक युवालाई पक्राउ गरेको जनाएको छ।

मर्निङवाल्कमा निस्केकी युवती बलत्कार आरोपमा तीन पक्राउ

सामुहिक बलत्कारका तीन आरोपी प्रहरीले पक्राउ गरेको छ। मंसिर १७ गते सामुहिक बलत्कारमा संलग्न फरार आरोपी पक्राउ गरेको शुक्रmबार पत्रकार सम्मेलन गरेर प्रहरीले जानकारी गराएको छ।

कालोबजारी आरोपमा दुई अध्यक्ष पक्राउ

महोत्तरी प्रहरीले मङ्गलबार जिल्लाको दुई स्थानबाट कालोबजारी गरेको आरोपमा दुईवटा सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सोनौल–४ बस्ने स्थानीयवासी सीता कृषि सहकारी संस्थाका अध्यक्ष सीताप्रसाद भगत र रामगोपालपुर–९ बस्ने स्थानीयवासी शिवाजी सहकारी संस्थाका अध्यक्ष गणेश राउत कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए।

पाँच जनाको हत्यामा संलग्न अभियुक्त पक्राउ

चाडपर्वको बेला महिला र बृद्धबृद्धालाई लक्षित गरी डकैती गर्ने क्रममा पाँच जनाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।

बिजुली चोर पक्राउ

महोत्तरी प्रहरीले मंगलबार जिल्लाका विभिन्न स्थानबाट ३२ विद्युत् चोरलाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको हो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्