८ वैशाख २०८१ शनिबार

मधेस आन्दोलनको १७ वर्ष : पहिचान स्थापित, अधिकारका लागि अझै संघर्ष

समावेशी राज्य व्यवस्थाका लागि पहिचान र संघीयताको मुद्दा उठाएको मधेस आन्दोलनले १७ वर्ष पार गरेको छ।

चुरे बोर्डलाई वनमन्त्रीको ठाडो आदेशः हाजिरी कपी पठाउ

वनमन्त्री वीरेन्द्र महतोले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको बोर्डलाई चिठी पठाई बोर्डका अध्यक्ष, बोर्ड सदस्य तथा कर्मचारीको ई–हाजिरी रेकर्ड हरेक महिना मन्त्रालयमा पठाउन निर्देशन दिएका छन् ।

रौतहटमा छठ पर्वको रौनकता (फोटो फिचर)

यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।

हराउँदै जोगिरा सरर...

तराई–मधेसमा श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत हो यो। गाउँटोल घुमेर फागु पर्व आएको जनाउ दिँदै नाचगान गर्दा बढी प्रयोग हुने यो गीत अचेल उति सारो सुनिँदैन।

फास्ट ट्र्याकमा काटिएका रुखको सट्टा नयाँ बिरुवा रोप्दै सेना

काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणका क्रममा काटिएको रुखहरुको सट्टा नेपाली सेनाले नयाँ बिरुवा रोप्न कार्य सुरु गरेको छ । सेनाले संविधान दिवसको अवसर पारेर नयाँ बिरुवा रोप्न थालेको हो । नेपाली सेना, कोल्हवी नगरपालिका, डिभिजन वन कार्यालयको संयुक्त सहभागितामा कोल्हवी नगरपालिकामा नयाँ बिरुवा रोप्न थालिएको हो ।

लागत बढेपछि प्रधानमन्त्रीको चासो

काठमाडौं–तराई–मधेस दु्रतमार्गको लागत बढ्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्बद्ध मन्त्रीहरूले चासो राखेका छन्।

राष्ट्रियता र तराईका जनता

तराई–मधेसविरोधी मानसिकता त्यागी राष्ट्र र राष्ट्रियता बलियो पार्न पनि नागरिकता समस्या चाँडै सम्बोधन गर्नुपर्छ।

द्रुतमार्ग निर्माणको अवधि एक वर्ष थप्न सेनाको प्रस्ताव

२०७९ असोजभित्र आयोजना सम्पन्न हुनेगरी पूर्वनिर्धारित तालिका हेरफेर गरेर मन्त्रालयम प्रस्ताव पेस गरेका छौं ः योगेन्द्रबहादुर खाँण, उपरथी एवं आयोजना प्रमुख, नेपाली सेना

‘काल’ बन्दै दाइजो

तराई–मधेसका महिलाहरू सुखसयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात् ‘ससुराल’ जान्छन्। तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’ कै कारण ‘काल’ बनेको छ।

तराई–मधेसमा भव्य ‘फगुवा’

एक–अर्कालाई रङ–अबिर लगाउँदै र मिठो–मसिनो खाँदै–खुवाउँदै बिहीबार तराई–मधेसमा प्रेम र सद्भावको पर्व होली भव्य रूपमा मनाइएको छ। फगुवा पनि भनिने होली पर्वको अवसरमा अघिल्लो ‘समद’ अर्थात् होलिका दहन गरिन्छ भने भोलिपल्ट रङ–अबिर लगाउँदै हर्षोल्लासका साथ मनाउने गरिन्छ।

फास्ट ट्रयाकको डिपिआर फाइनल गर्ने तयारी

नेपाली सेनाले तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत आयोजना रिपोर्ट (डिपिआर) को पुनरवलोकन सकेर परामर्शदाता सुसङ इन्जिनियरिङलाई बुझाएको छ। दक्षिण कोरियाली परामर्शदाता सुसङले डिपिआर निर्माणको जिम्मा पाएको थियो। सुसङले डिपिआर तयार पारी बुझाएपछि सेनाले त्यसको पुनरवलोकन गरेको थियो। ‘पुनरवलोकनको काम सकेर अन्तिम डिजाइनका लागि सुझावसहित डिपिआर परामर्शदातालाई दिएका छौं’, सैनिक प्रवक्ता सहायक रथी यमप्रसाद ढकालले भने।

द्रुतमार्गको दुरी घट्यो, सुरुङ बढ्यो

काठमाडौं–तराई–मधेस द्रुतमार्गको दुरी घट्ने भएको छ। पछिल्लो विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा पहिलाको रेखांकनमा सामान्य र सुरुङ मार्गलाई संशोधन गरिएपछि द्रुतमार्गको समग्र दुरी करिब चार किलोमिटर घट्ने भएको हो।

डिपिआरबिनै फास्टट्रयाक

काठमाडौं–तराई–मधेस दु्रत मार्ग (फास्टट्र्याक) निर्माण विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बिनै अघि बढाइएको छ। फास्टट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ।

लोप हुँदै ‘भिझिया’

तराई–मधेसमा दसैंका बेला महिलाले मनाउने सांस्कृतिक पर्व ‘भिझिया’ विस्तारै लोप हुँदै गएको छ । यस पर्वमा मधेशी महिलाले प्वालै–प्वाल पारिएको गाग्रोभित्र दियो बालेर राति गीत गाउँदै र नाच्दै गाउँ डुल्ने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्