३ आश्विन २०८१ बिहीबार
image/svg+xml

कांग्रेस बैठक १४औँ महाधिवेशनको कार्यतालिका केन्द्रित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा विधान बमोजिम सङ्गठनको अन्तरिम व्यवस्था गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल शुरु भएको छ।

लोकसेवाद्वारा वार्षिक कार्यतालिका सार्वजनिक

आयोगले सरकारबाट पदपूर्तिका लागि माग प्राप्त नभएको खण्डमा पदपूर्तिको कार्यक्रम तालिकाबमोजिम नहुने जनाएको छ।

एक दिनअघि प्रतियोगितास्थल परिवर्तन

पटकपटक आयोजना मिति सारेको राखेपले प्रतियोगिता सुरु हुने एक दिनअघि तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको प्रतियोगितास्थल नै परिवर्तन गरेको छ।

प्रदेश २ काे एसइई परीक्षा चैत्र २२ देखि(तालिकासहित)

प्रदेश दुईमा चैत्र १४ गते माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई) विज्ञान विषयको प्रश्न पत्र परीक्षा अगावै बाहिरिएपछी राष्ट्रिय परीक्षा बोर्डले उक्त दिनको परीक्षा रद्द ग-यो । त्यसको भोलिपल्ट चैत्र १५ गते हुने निश्चित भएको अनिवार्य समाजिक विषयको प्रश्न पत्र पनि १४ गतेको रात बाहिरिएको सूचना प्राप्त भएपछि विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरलेलले मन्त्रिस्तरीय निर्णयबाट १५ देखि र बाँकी रहेको सबै विषयका परीक्षा स्थगित गरे ।

आठौं राष्ट्रिय खेलकुदको तालिका सार्वजनिक

प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ गतेदेखि हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका धेरैजसो खेल बाँकेमा हुने भएको छ। शुक्रबार आठौं राष्ट्रिय खेलकुदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकुद परिषद्ले शनिबार जारी गरेको खेलतालिका अनुसार बाँकेमा १७ वटा खेल हुनेछ।

टि–२० विश्वकपको एशिया छनोट खेलतालिका सार्वजनिक

सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका सार्वजनिक भएको छ। आइसिसीले बुधवार सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको छ।

एउटा तालिकाको डेढ सय वर्ष

रसायनशास्त्रको यात्रामा कोशेढुंगा बनेको पेरियोडिक तालिका डेढ सय वर्षको तन्नेरी भएको छ। यसपछाडि एउटा बूढो रुसीको अनुहार बसेको छ।

डीपीएलकाे खेल तालिका परिवर्तन, साेमबार पहिलाे खेल

शनिबारदेखि सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)  क्रिकेट प्रतियोगिता साेमबार अर्थात माघ २८ देखि सुरु हुने भएकाे छ। धनगढीमा वर्षा भएपछि प्रतियाेगिताकाे खेलतालिकामा हेरफेर गरिएकाे आयोजकले जानकारी दिएकाे छ।

डिपिएल क्रिकेटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र धनगढी भिड्ने

यसै महिनाको अन्तिम साताबाट आयोजना हुने तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ। शनिबार जारी गरिएको तालिकाको पहिलो खेलमा विराटनगर किङ्स र धनगढी स्टार्सले प्रतिस्पर्धा गर्ने भएका छन्।

पुरुष तथा महिला ट्वान्टी–२० विश्वकप एकै वर्ष

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अर्को वर्ष अस्ट्रेलियामा हुने पुरुष तथा महिला ट्वान्टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ।

‘ए’ डिभिजन लिगका अन्तिम खेल शनिबारदेखि

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणका खेलहरुकाे तालिका सार्वजनिक गरेको छ।

भाेलिबाट संसदकाे हिउँदे अधिवेशन, यस्ताे छ पहिलाे दिनकाे कार्यतालिका

प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिले हिउँदे अधिवेशनको पहिलो दिन बुधबार नै दुई वटा बैठक राख्ने सम्भावित कार्यसूची तय गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार अपराह्न ४ बजे बस्ने पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख कृष्णबहादुर महराले पढेर सुनाउनेछन्।

एन्फाद्वारा मोफसलका खेलतालिका सार्वजनिक, खेलाडीलाई आराम नहुने पक्का

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ। एन्फाले यसअघि उपाध्यक्ष कृष्णबहादुर थापाको संयोजकत्वमा स्तर निर्धारण समिति गठन गरेको थियो।

इपिएलको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र ललितपुर भिड्ने

एभरेस्ट प्रिमियर लिग (इपिएल) को उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्सले ललितपुर प्याट्रियोट्सको सामना गर्ने भएको छ।

पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा विराटनगर र पोखरा भिड्ने

पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्