११ मंसिर २०८१ मंगलबार
image/svg+xml

गुठी विधेयकको विरोध गर्नेमाथि पानीको फोहरा (हेर्नुहोस भिडियोमा)

प्रस्तावित गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

ब्राजिलको कारागारमा झडप, १५ को मृत्यु

ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच आइतबार भएको झडपमा १५ जना कैदीको मृत्यु भएको क्षेत्रीय कारागार कार्यालयले जनाएको छ। अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा स्थानीय समय अनुसार आइतबार बिहान ११ बजेबाट झडप सुरु भएको थियो।

न्याय माग्दै प्रदर्शन, प्रहरीले हान्यो अश्रुग्यास

मोरङ पथरी शनिश्चरेमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रिना बस्नेतको हत्या भएको दाबी गर्दै स्थानीयले हत्यामा संलग्नलाई कारबाहीको माग राखी थालेको प्रदर्शनले उग्र रूप लिएको छ। महेन्द्र राजमार्ग ठप्प पार्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच मंगलबार झडप भएपछि प्रहरीले केही सेल अश्रु्ग्या“स प्रहार गरेको छ।

राप्रपाको प्रदर्शनको क्रममा झडप(भिडियो रिपोर्ट)

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको माग गर्दै गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ। राप्रपाको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा अवस्था तनावपूर्ण भएको हो।

सुनसरीमा प्रहरी र स्थानीयबीच झडप : प्रहरीकाे गाेली लागि एक घाइते

सुनसरीमा प्रहरी र स्थानीयबीच झडपमा गोली चलेको छ। भन्सार जाँचका क्रममा गोली चलेको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुरक्षाकर्मी–विद्यार्थी झडप

एसइई स्थगित गरेको विरोधमा शनिबार बारामा प्रदर्शनमा उत्रेका परीक्षार्थी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा झडप भएको छ। झडपका कारण जितपुर बजार बिहान आठदेखि १२ बजेसम्म तनावग्रस्त बनेको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाईफायरसमेत गरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हेमबहादुर शाहीले बताए।

प्रदेश २ : एसइई परीक्षा स्थगितकाे विराेधमा प्रर्दशन, झडप हुँदा डीएसपी सहित पाँच घाइते (फोटो फिचर)

प्रदेश नं २ को एसइई परीक्षा स्थगित निर्णयको विरोधमा परीक्षार्थीहरुले जनकपुरसहितका विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन्। लगातार प्रश्नपत्र एकपछि अर्को बाहिरिएपछि शिक्षा मन्त्रालयले बाँकी चैत १६ देखि २१ गतेसम्म हुने परीक्षा स्थगित गर्ने निर्णय गरेपछि परीक्षार्थीहरु प्रदर्शन उत्रेका हुन्।

जग्गा विवादमा कारण भएको झडपमा १३४ जनाको मृत्यु

शनिबार बिहान गाउँ घेरा हाली गरिएको आक्रमणका कारण यति ठूलो संख्यामा सामुहिक हत्या भएको एक स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । आक्रमणकारीले स्थानीय अगोसागा पेउल गाउँका अधिकांश घर तथा टहरामा आगजनीसमेत गरेको बताइएको छ ।

राहत शिक्षकको आन्दोलनमा पानीको फोहोरा, चार पक्राउ

राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। राहत र बालविकास शिक्षकहरुले पेशागत सुरक्षा र स्थायीत्वको माग गर्दै नयाँ बानेश्वरमा आज प्रदर्शनी गरेका थिए। आन्दोलनको क्रममा उनीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले पानीको फोहोरा  सहित लाठी चार्ज गरेको थियो।

गुटबाट परिचालित नेविसंघ कसरी अघि बढ्ला?

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच आपसमा भएको झडपले कांग्रेस तरंगित छ। सँगै सामाजिक सञ्जाल पनि तातेको छ। सामाजिक सञ्जालमा यतिबेला नेविसंघको नेतृत्वलाई लिएर टीकाटिप्पणी हुन थालेको छ।

नेविसंघको झडप : नेताहरूको आ–आफ्नै ‘डिफेन्स’

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरू आपसमा भिडेको घटनाले पार्टीभित्र प्रवेश पाएको छ। आतबार धर्नाका लागि पुगेका पार्टी कार्यालय सानेपा पुगेका दुई गुटका नेताहरू आपसमा झडप परेका थिए।

यस कारण भएको थियो नेविसंघका विद्यार्थीबीच झडप

नेपाल विद्यार्थी संघका दुई समूहबीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा भएको झडपमा दर्जन बढी विद्यार्थी नेता घाइते भएका छन्। आज पार्टी कार्यालय सानेपामा सिटौला समूह र संस्थापन समूहबीच प्रदर्शनको ठाउँलाई लिएर झडप भएको थियो।

नेविसंघको झडपले उग्र रूप लिँदै, दर्जनबढी विद्यार्थी नेता कार्यकर्ता घाइते

नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा भएको नेविसंघको दुई समूहबीचको झडपमा दर्जनबढी विद्यार्थी नेता तथा कार्यकर्ता घाइते भएका छन्।

नेविसंघको झडपमा पत्रकार घाइते

नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा भएको नेविसंघको दुई समूहबीचको झडपमा समाचार संकलनका लागि गएका पत्रकार घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्