कालापानी नेपालकै हो
दार्चुला जिल्लाको कालापानी भन्ने स्थान नेपालको हो कि भारतको भन्ने कुरामा दुई देशको बीचमा निकै ठूलो विवाद उठेको छ । केही समयअघि भारतीय पक्षले उक्त क्षेत्र आफ्नो हो भनी आफूसँग त्यससम्बन्धी ऐतिहासिक प्रमाण भएको दाबी गर्दै आएको छ ।
दार्चुला जिल्लाको कालापानी भन्ने स्थान नेपालको हो कि भारतको भन्ने कुरामा दुई देशको बीचमा निकै ठूलो विवाद उठेको छ । केही समयअघि भारतीय पक्षले उक्त क्षेत्र आफ्नो हो भनी आफूसँग त्यससम्बन्धी ऐतिहासिक प्रमाण भएको दाबी गर्दै आएको छ ।
मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माण अन्तिम चरणमा प्रवेश गर्दा ग्याल्थुम–अम्बाथान खण्ड ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार राति सुरुङमार्गका तीन खण्डमध्ये दोस्रो सबैभन्दा लामो ग्याल्थुम–अम्बाथान खण्ड ८.२ किलोमिटर सुरुङले जोडिएको हो ।
पानी ट्याङ्करले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । बुधबार काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटर चालक काठमाडौं धापासी बस्ने गुल्मीको मुसीकोट गाउँपालिका–२ की २७ वर्षीया विनाकुमारी थापाको मृत्यु भएको थियो ।
सर्दु जलाधार क्षेत्रको सरकारी जग्गा कब्जा गरेर प्लटिङ गरेको भूमाफिया गिरोहले सरकारी निकायसँगको मिलेमतोमा धरानवासीले उपभोग गरिरहेको खानेपानीको स्रोत (मुहान) पनि कब्जा गर्न लागेका छन्।
चौतारा–साँगाचोकगढी नगरपालिका–७ सानुसिरुवारीका स्थानीयले लामो समय खानेपानी समस्या झेले। जनसंख्याको चाप थपिँदै जाँदा स्थानीय गुरुङ धाराको पानीले थेग्न छोड्यो।
मेलाम्चीको पानी राख्न बन्न लागेको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ। २०७० पुसबाट निर्माण सुरु भएको उक्त केन्द्रको सम्पूर्ण निर्माण कार्य भएको जापान सहयोग नियोग (जाइका) ले जानकारी दिएको छ । जाइकाद्वारा प्रदान गरिएको करिब पाँच अर्ब सात करोड ८० लाख रुपैयाँ ऋण सहयोगमा प्रशोधन केन्द्र निर्माण गरिएको हो । जाइकाबाट प्राप्त सहयोग केन्द्र निर्माण र त्यससँग सम्बन्धित परामर्श सेवाका लागि खर्च गरिएको थियो । प्रशोधन केन्द्रबाट दैनिक आठ करोड ५० लाख लिटर बराबरको पानी प्रशोधन गर्न सकिने जाइकाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । बहुप्रतिक्षित मेलम्ची खानेपानी परियोजनाअन्तर्गत सुरुङबाट ल्याइने पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ । परियोजनाको सुरुङ निर्माण तथा अन्य काम सम्पन्न भएपछि प्रशोधन केन्द्र पूर्णरुपमा सञ्चालनमा आउने बताइएको छ।
इलाम नगरपालिका–७, महभिरकी ५६ वर्षीया देउमाया राईले अहिलेसम्म भएका धेरै निर्वाचनमा भोट हालिसकिन् । तर, उनलाई चुनावका बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयाँ लाग्दैन । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? भन्ने जिज्ञासामा उनले उही पुरानो माग दोहो¥याइन्– सडक, पुल, खानेपानी र बिजुली ।
बहुप्रतीक्षित मूलपानी क्रिकेट मैदानको माथिल्लो मैदान सञ्चानलनमा आएको छ । शनिबार सम्पन्न सदस्यसचिव ११ र भेट्रान ११ बीचको मैत्रीपूर्ण खेलसँगै मैदान औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
आग्रह गर्दासमेत मंगलबजारकी सरिता महर्जनले आफ्नो घरमा कुनै पनि राजनीतिक दलको झण्डा राख्न मान्नुभएको छैन। घरमा झण्डा राख्न मात्रै होइन, भोट हाल्नसमेत उनले पानी उपलब्ध गराउनुपर्ने सर्त राखेका छन्। जुन दल र उम्मेदवारले पानी सहज रुपमा उपलब्ध गराउने विश्वास दिलाउन सक्छ, उसैलाई मत दिने उनी बताउँछन्।
जिल्लाको कुम्मायक गाँउपालिकमा उम्मेद्वारले खानेपानी र तमोर जलाशययुक्त जलविद्युत आयोजना प्रमुख प्राथमिकतामा राखेका छन्। खानेपानीलाई उम्मेद्वारहरुले प्रमुख एजेण्डाका रुपमा राखेका छन्। केही वर्षयता ७२० मेघावटको तमोर जलाशययुक्त आयोजना निकै चर्चित छ। यो जलाशय युक्त आयाोजना अघि बढाउने उम्मेद्वारको प्रमुख एजेण्डा रहेका हुन्।
किटनासक औषधिको बट्टामा पानी पिउँदा सर्लाहीमा एक वालिकाको मृत्यु भएको छ भने ४ जना विरामी भएका छन्।
उपत्यकामा बिक्री हुने पिउने पानी अशुद्ध भएकै कारण बेलाबेला उपत्यकामा विभिन्न खाले रोग र संक्रमण समेत फैलने गरेका छन् । जनस्वास्थ्यमै असर गर्ने गरी न्यून गुणस्तर र प्रदूषित पानी बिक्री भइरहेको विभिन्न परीक्षण र अनुगमनले पुष्टि गर्ने गरेका छन् ।
अघिपछि उनीहरुबीच चिनजान त के सामान्य बोलचाल पनि थिएन। भाइटीकापछि जापानी हारुका ताकेउची बहिनी बनिन्। उनले टीका लगाइदिएर गलामा माला पहिराएपछि नेपाली दाइ बने। प्रायः चलचित्रमा देखिने यस्ता दृष्य तपाईँ हामीले यथार्थ जीवनमा कमै देखेका छौँ। यो दृष्य जापानको राजधानी टोकियोमा शनिवार देखिएको हो।
मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वाग्मती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ। सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्रशोधन केन्द्रमा लगी परीक्षण गर्न थालेपछि एक सातादेखि पानी बन्द भएको स्थानीयवासीले बताए। धारामा पानी आउन छाडेपछि खानेपानी खोज्नकै लागि भौँतारिनुपरेको मेनका खड्काले गुनासो गरे।
सरोकारवाला पक्षसँग परामर्श नगरी विजयपुर दरबार क्षेत्रको वन फडानी विवादमा फसेको धरान खानेपानी आयोजनाको कुल लागत वृद्धि भएको छ । विवादको कारण तोकिएको समयावधिमा सम्पन्न हुन नसकेको आयोजनाको लागत १ अर्ब ४८ करोडबाट बढेर १ अर्ब ७० करोड पुगेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।