९ मंसिर २०८१ आइतबार
image/svg+xml

रिगलविरुद्धको मुद्दाको सुनुवाइ अब दसैंपछि

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भोग्दा भोग्दै सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा दिइएको कैद माफीविरुद्ध परेको मुद्दामा पुरानो मुद्दा छिनेका आधारमा निर्णय दिन नमिल्ने भन्दै सर्वोच्च अदालतले बिहीबार अन्य आदेश गरेको छ।

वीरमा दसैंपछि ‘टोमोथेरापी’ सञ्चालन हुने

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा टोमाथेरापी मेसिन दसैंपछि सञ्चालनमा आउने अस्पतालले जनाएको छ। अस्पतालमा यो मेसिन अमेरिकाबाट गत साउनमा आइपुगेको हो।

बैतडीमा जात्राको रौनक सुरु

कार्तिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा जात्रा सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म जात्रा मनाउने चलन रहेको छ।

दसैंपछि मात्र राज्यमन्त्री

नेपाली कांग्रेसले दसैंअघि पार्टीका थप नेतालाई सरकारमा सहभागी नगराउने भएको छ । राज्यमन्त्रीका आकांक्षी धेरै भएपछि कांग्रेसले दसैंपछि मात्र थप नेतालाई सरकारमा पठाउन लागेको हो । सरकारमा सहभागी हुने संख्या कम र बाहिर पर्नेको संख्या बढी हुने जनाउँदै निकट एक नेताले भने, ‘सबै साथीले दसैं हाँसीखुसी मनाएपछि मात्र राज्यमन्त्री पठाउने सहमति बनेको छ ।’

सेयर किन्नुस्,पैसा दसैंपछि तिर्नुस्

अहिले सेयर किनेर दसैंपछि रकम चुक्ता गर्न मिल्ने सुविधाका कारण लगानीर्काले सेयर किन्न थाल्दा सेयर बजार उकालो लागेको छ । सेयर खरिद गरेको रकम दसैंपछि बुझाए पनि हुने भएकाले सेयर खरिदमा चाप देखिएको ब्रोकर बताउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्