२० वैशाख २०८१ बिहीबार
image/svg+xml

६१ केजी लागुऔषध गाँजा बरामद

प्लाष्टिकमा प्याक गरी सिटी सफारीमा राखेर पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा ६१ किलोग्राम गाँजा बरामद भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। उनका अनुसार इलाका प्रहरी कार्यालय रानीको टोलीले गाँजा बरामद गरेको हो।

प्रदेश २ मा तस्करराजः सीमाबाट सेटिङमा तस्करी

नेपालबाट भारत तस्करी हुनेमा एउटा आइटम थपिएको छ, इन्घन। अहिले वीरगन्जदेखि सप्तरीसम्मका सीमावर्ती क्षेत्रमा इन्धनको भारत तस्करी फस्टाएको छ। भारतभन्दा नेपालमा सस्तो हुँदा डिजेलको तस्करी हुन थालेको छ। नेपालको तुलनामा हाल भारतमा डिजेल र पेट्रोल क्रमशः २७ र ३० रूपैयाँ महँगो पर्छ। त्यसैले नेपालबाट भारततर्फ तस्करी बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्