बाल अस्पतालको एक करोड रुपैयाँ दुरुपयोगको आरोपमा राजपाक्षे पत्नी पक्राउ
भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने श्रीलंकाको आयोगले बुधबार ७३ वर्षीया शिरन्थीलाई कोलम्बोस्थित उनको निवासबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप सोधपुछका लागि आयोगको कार्यालय लगिएको छ।

