७ वैशाख २०८१ शुक्रबार

सत्ता गठबन्धनमा अविश्वास: दुरी बढाउँदै नेपाल च्याँखे दाउमा देउवा

सत्ता गठबन्धन दलहरूबीच विश्वासको संकट देखिएको छ। नेकपा एमालेसहितको गठबन्धनमा आबद्ध दलहरूले भागबन्डा मिलाउने क्रममा एकअर्कालाई विश्वास गर्न सकिरहेका छैनन्।

देउवा-नेपाल भेट : वैकल्पिक गठबन्धन बनाउनेबारे छलफल

सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्।

नेकपा एसलाई दाहाल-ओलीको ‘नो’

नयाँ गठबन्धनमा एक महिना १० दिनमै धाँजो फाटेको छ। पूर्वसहमति उल्लंघन गरेको भन्दै नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल बैठक छाडेर हिँडेपछि यस्तो अनुमान गरिएको हो।

गठबन्धन फेरिएपछि चौथो पटक सचिव सरुवा

पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि सरकारले झन्डैझन्डै सातैपिच्छे सचिवहरूको सरुवा गर्ने गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चौथोपटक सचिवको सरुवा गरेको छ।

सरकारबाटै अछुत दलित

१३ प्रतिशत दलित समुदायले नीति बनाउने बराजुहरूलाई जिताएर पठाउनु कुनै पाप थिएन। तर आज गुनको बैगुन आफैँ प्रदर्शन गरे। सत्तामै दलितलाई अछुत प्रमाणित गरेर।

राष्ट्रिय सभा उपाध्यक्षका लागि आज निर्वाचन हुँदै

राष्ट्रिय सभाको आज बस्ने बैठकमा निर्वाचन हुने कार्यतालिका रहेको छ। बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।

सभामुखसहितको समर्थनमा सत्ता गठबन्धनले गर्‍यो गण्डकीको मुख्यमन्त्रीमा दाबी

सत्ता गठबन्धनले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेको छ। सत्ता गठबन्धनले सभामुख कृष्ण धितालसहितको समर्थनमा एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका हुन्।

व्यर्थै बित्यो प्रधानमन्त्रीको महिना दिन

सत्ता साझेदार नेपाली कांग्रेसप्रति संघीय लोकतान्त्रिक गणतन्त्रसहितका विषयमा चरम आशंका र अविश्वास गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँध फेरेको एक महिना पूरा भएको छ।

राजीनामा नदिने मुडमा कर्णालीका मुख्यमन्त्री, सहमति विपरित विश्वासको मत लिँदै

केन्द्रमा भएको सहमति विपरित कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिएर विश्वासको मत लिने निर्णयले सत्ता गठबन्धन तरंगीत बनेको छ। शर्माले आज चौथो पटक विश्वासको मत लिने तयारी गरेका छन्।

सरकार सञ्चालनमा गठबन्धन नै अन्योलमा

नयाँ सत्ता समीकरण बनेको एक महिना पुग्न लाग्दा पनि साझेदार दलहरूबीचको अन्योल कायमै छ। सत्ता गठबन्धन दलका नेताहरूले नै अहिले कसरी सहकार्य चलिरहेको छ भन्ने अन्योल रहेको बताएका छन्।

मधेसका मुद्दामा नयाँ गठबन्धन

राजनीतिक पार्टीहरू सत्तामुखी भइ मुलुक र जनताको प्राथमिकतालाई पन्छाइरहेका छन्। मुलुकमा विद्यमान समस्याहरूप्रति गम्भीरता छैन।

गरिबको जीवनभन्दा सत्ता परिवर्तन सजिलो

भूमिहीन किसान, दलित किसानले बासका लागि रातदिन त्रसित र हुनुपरेको छ। जमिन नहुँदा दैनिक पीडा झेल्नुपरेको अवस्था छ।

गठबन्धन भत्किएपछि धमाधम पुराना नियुक्ति खारेज

सरकारमा पुरानो गठबन्धन भत्किएपछि पुराना गठबन्धनले गरेका राजनीतिक नियुक्तहरूलाई नयाँ गठबन्धनमा बनेको सरकारले धमाधम खारेज गर्न सुरु भएको छ।

परराष्ट्र मन्त्रीको चीन भ्रमणप्रति रिजालको टिप्पणीः कति फुर्सदिला मन्त्री?

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणप्रति सत्ता गठबन्धन दलकै नेताले आलोचना गरेका छन्।

विपक्षी बेन्चमा चम्किँदै कांग्रेस

विपक्षी बेन्चमा भएर पनि सत्तापक्षजस्तो देखिने गरेको आरोप लाग्दै आएको नेपाली कांग्रेस यसपटक संघीय संसद्मा आक्रामक रूपमा प्रस्तुत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्