११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बहानेपोखरी महोत्सवको तयारी पूरा

खोटाङको ऐसेलुखर्क गाउँपालिकाको आयोजनामा हुने बहानेपोखरी महोत्सवको तयारी पूरा भएको छ। पर्यटन प्रवद्र्धनका लागि ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा रहेको रमणीय स्थल बहानेपोखरीमा फागुन १३ गतेदेखि पाँच दिनसम्म सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको हो।

बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अटेर

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन स्थानीयले अटेर गरेका छन्। सरकारले सय गन्तव्यको सूचीमा समावेश गरेको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा हटाउन अटेर गरेको पाइएको हो।

पोखरी अतिक्रमण रोक्न तिलोत्तमालाई पुरातत्वको पत्र

पोखरीकै जग्गा हडपेर डिलमा बसेका नेताको साथ लागेर नगरपालिकाले माथि भवन र तल पानी जमाउने थलोका रूपमा यसलाई प्रयोग गर्न थालेको हो, जसलाई नगरप्रमुख वासुदेव घिमिरेले देशमै पहिलो र नमुना कार्य भनेर अर्थ्याएका छन्।

पोखरी मासेर स्थानीय सरकारको भवन !

प्रदेश र केही स्थानीय सरकारहरुले समेत एक गाँउ एक पोखरीको अवधारणा अनुरुप कृतीम पोखरी निर्माण गरीरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भएको पोखरी मासेर भौतिक संरचना बनाउँदै छ। सार्वजनिक तालतलैया तथा पोखरी संरक्षणको दायित्व स्थानीय सरकारको हो। तर तिलोत्तमाले नमुना काम देखाउने लहडमा वडा नं ११ को सार्वजनिक पोखरी माथि पिल्लर उठाएर वडा कार्यालय बनाउन लागेको हो।

पाँचपोखरी घुम्दा

सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउन लागिएको छ । भ्रमण वर्ष मनाउन छानिएका १०० वटा पर्यटकीय गन्तव्यमध्ये पाँचपोखरी एक हो । समुद्र सतहबाट करिब ४,१५० मी. को उचाइमा अवस्थित पाँचपोखरीको प्राकृतिक सौन्दर्य अपार मनमोहक छ । काठमाडौंबाट निक्कै नजिकैको सुन्दर गन्तव्य हो पाँचपोखरी ।

२३ पकेट क्षेत्र र आठवटा ब्लक विस्तार गरिँदै

कार्यक्रममा प्रदेशसभा सांसद रामकुमार राई उषाकला राईले कृषि प्रवद्र्धनका लागि राज्यले विनियोजन गरेको बजेट वास्तविक किसानको हातमा पु-याउन ज्ञान केन्द्रको ध्यानाकर्षण गराएका छन्।

पर्यटन प्रवद्र्धन गर्न बहानेपोखरी महोत्सव

पर्यटन प्रवद्र्धनका लागि खोटाङको ऐसेलुखर्क गाउँपालिकाले बहानेपोखरी महोत्सवको तयारी गरेको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा रहेको रमणीय बहानेपोखरीको प्रचार–प्रसार गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महोत्सवको तयारी गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

कंकाली इशरा पोखरीलाई ६ करोड ९४ लाख

पर्यटकीय, धार्मिक, पुरातात्विक तथा ऐतिहासिक क्षेत्रको रुपमा रहेको सिम्रौनगढको कंकाली इशरा पोखरीको सौन्दर्यकरणका लागि प्रदेश २ सरकारले ६ करोड ९४ लाखको कार्यक्रम लागू गरेको छ। विकास निर्माणमा निकै पछि परेको सिम्रौनगढ क्षेत्रमा रहेको पोखरीको सौन्दर्यकरण कार्यक्रमको आइतबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गरेका छन्।

प्रकृतिकी धनी पाँचपोखरी

मेलम्चीपछि दोस्रो चरणमा काठमाडौंमा पानी ल्याउने भनिएका याङ्री र लार्के दुवै खोला यही गाउँपालिकामा पर्छन्।

ऐतिहासिक रानीपोखरी पुनःनिर्माणमा फेरि डोजर

गत माघसम्म विज्ञ सम्मिलित बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रानीपोखरीमा डोजर प्रयोग नगर्ने र पोखरी जस्ताको त्यस्तै बनाउने सहमति भएको थियो।

बराहपोखरी मेलाका दिन दुई गाउँपालिकामा सार्वजनिक विदा

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई गाउँपालिकाले सार्वजनिक विदा दिएको छ।

सिद्धपोखरी उत्तरतर्फको खेलमैदान सरसफाइ

सिद्धपोखरीको उत्तरपट्टिको खेल मैदानको शुक्रबार सरसफाइ गरिएको छ। कात्तिक १७ देखि २३ गतेसम्म हुन गइरहेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका लागि सो मैदानको सरसफाइ गरिएको हो।

सिद्धपोखरी  खेल मैदान सरसफाई

भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक १७ देखि २३ गते सम्म हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई लक्षित गरि सरसफाई आयोजना गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्