२६ वैशाख २०८१ बुधबार
image/svg+xml

मध्यरातमा प्रहरीको छापा: १६ जुवाडे पक्राउ, ५ लाख बरामद

जुवा खेलिरहेको अवस्थामा कास्की प्रहरीले कौडा सहित १६ जनालाई पक्राउ गरेको छ। कास्की प्रहरीका अनुसार उनीहरुको साथबाट ५ लाख ५ हजार रुपैयाँ र १६ थान कौडा फेला परेको छ।

पाँच लाखसहित जुवाखालबाट आठ जना पक्राउ

काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

युवानेता र पत्रकारसहित जुवाखालबाट १५ जना पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दलसम्वद्ध केही युवानेता र पत्रकारसमेत छन्। यसअघि पनि चाँगुनारयणबाट केही युवानेतासहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो।

जोरपाटीको जुवाखालबाट २० जुवाडे पक्राउ

जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो।

जुवाखालबाट १४ पक्राउ

मध्यपुर थिमी नगरपालिका–९ नीलबाराही टिगनीमा सूर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको नीलबाराही रिसोर्टबाट प्रहरीले आज जुवातास खेलाइरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ।

नेपाली सेनाका मेजरसहित जुवाखालबाट ८ जना पक्राउ

काठमाडौं प्रहरी परिसर, टेकुले शाहीसहित बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणालाई जुवाखालबाट पक्राउ गरेकाे हाे।

जुवाखालबाट प्रहरीको नाममा पैसा !

तिहारको रौनक सकिएपनि गोरखा सदरमुकाम र आसपासमा जुवाको रौनक एकादशी सम्म वर्षेनी हुन्छ। जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन र सदरमुकामको मुख्य बजारको आसपासका घरमा खुलेहाम दिनदिनै जुवा भईरहेको छ तर यसबारे प्रहरी, प्रशासन बेखबर छ।

जुवाडेको बन्दी प्रत्यक्षीकरण रिटमा किन सुनुवाई भएन ?

प्रहरीले काठमाडौंको महाराजगन्जस्थित साम्बाला होटेल पछाडिको जुवाखालबाट गुन्डा नाइके बलराम सापकोटा भन्ने बलेसहित ६ जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको भाइटीकाको भोलिपल्टमात्र सुनुवाई हुने भएको छ ।महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका २५ जनामध्ये ६ जना प्रहरीविरुद्ध अदालत पुगेका थिए।

गुण्डा नाइके बलेसहित यी हुन् जुवाखालबाट पक्राउ परेका २५ जना

प्रहरीले काठमाडौंको महाराजगन्जस्थित साम्बाला होटेल पछाडिको जुवाखालमा व्यापारी श्रवण गोयल र गुन्डा नाइके बलराम सापकोटा भन्ने बलेसहित २५ जनालाई पक्राउ गरेको छ।

जुवाखालबाट एक महिलासहित १४ पक्राउ

म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्