३ मंसिर २०८१ सोमबार
image/svg+xml

बुढाकी प्यारी

छोरी १० र छोरा ८ वर्षको भयो। अब म नभए पनि बाँच्छन् खान पाएपछि। म आज पल्लो गाउँको सुन्दरेसँग भाग्न लागेकी छु। यो मेरो नयाँ आइडी हो। हजुरले कहिलेकाहीं बच्चाहरूको फोटो देखाइदिनु है मलाई। म यहीं आइडीबाट हजुरसँग मात्र सम्पर्कमा रहने छु। सहनुसम्म सहें,केही लागेन मेरो। रातदिनको लात घुस्सा कति सहनु!’

हराएको चिठी

उनको अभावले भोग्नुपरेको दुःख सम्झेर उनको मन कटक्क भयो। हरप्रयास गर्दा पनि उनी भेटिएनन्। आज भन्यो भोलि भन्यो, कुर्दाकुर्दा आँखा टट्टाए। अन्तमा बेपत्ताको सूचीमा भेटिए र आज उनको बिस वर्षअघिको चिठी भेटियो।

देश छ र तिमी छौ देश छैन केही छैन

मेची हाँसू न वीरताको गौरवगाथा गाउँदै, काली अझै अघि बढोस् सदभाव फैलाउँदै, देश छ र तिमी छौ देश छैन केही छैन, उठ जाग मरी मेट देशकै खातिर युवा हो देश छ र तिमी छौ ....।

कुम्ले लाटो र सुतार साइँलो

अवचेतनमा लोभको भकारी छ। अवचेतनमा अतृप्त वासनाका ज्वारभाटाहरू उम्लिरहेका छन्। वाचाल मानिस त विषय वासनाको शासनामा छन् तर यो अकिञ्चन अवाक् प्राणीलाई कसले यो सारा झन्झट लाइदिइराखेको छ? थाहा पाउन सकिंदैन।

संस्कार र चेतना

खोई त सलीम र अमिरालाई स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार? सम्बन्ध विच्छेदको निवेदनमा हस्ताक्षर गरेका सलीम र अमिराले इजलासमा हाम्रै राजीखुशीले सम्बन्ध विच्छेद गर्न आएका भन्न सक्लान् त? अमिराको आँखाको सप्तकोशी विवशताको बाँधले छेक्न सक्ला कि नसक्ला? योभन्दा महत्वपूर्ण कुरा फैसला गर्नुअघि निवेदनको व्यहोरा र उनीहरूको अनुहारको भाव दाँजेर हेर्लान् त न्यायाधीशले?

‘माझी दाइ पोखरा फेवातालको’, ‘लाम माया साँच्चैको, नलाम भो ख्यालख्यालको’

मेरा लागि पोखरा निकै नौलो ठाउँ थियो। ‘माझी दाइ पोखरा फेवातालको’, ‘लाम माया साँच्चैको, नलाम भो ख्यालख्यालको’ गीतमा बयान गरेझैं फेवातालको बतासले मन नै आनन्दित बनायो।

भैलोको मूल्य

सबै कुरा सुनिरहेको रमाको भाइले भन्यो,‘म पनि जान्छु है भैलो माग्न। म धेरै माग्दिनँ। पचास रुपैयाँ मात्र दिए हुन्छ।’

टोपी र बुख्याचाहरू

जतिसुकै लुक्न खोजोस् न जाबो बुख्याचा बुख्याचा आफै सर्न सक्दैन लुक्न र हिंड्न सक्दैन। ऊ त्यो माथि र मास्तिर! महुरे र रुपाकोट छ लु पुगेर देखाओेस् त हेरौं, कहीं कतै पुग्न सक्दैनन् यो शताब्दीका बुख्याचाहरू। याद गर! त्योभन्दा अझ मास्तिर त ट्याम्के र सिलिचुङ छ अनि मात्रै पो चोमोलुङ पुगिन्छ त।

छोरा फर्केन

‘दसी नङग्री खियाए पनि पाखाबारीबाट कहिल्यै खाना पुग्ने होइन। एकहल गोरु हेरेर र एउटा भैंसी पालेर खोई के उँभो लागिएला र!

म मन्त्री भईकन आज यस्तो

अबको क्याबिनेट बैठकमा मन्त्रीले कुनै पनि ठाउँमा लाइन लाग्न वा पालो पर्खन पर्दैन, मन्दिर जाँदा होस् वा सार्वजनिक शौचालय जाँदा विशेष हैसियत पाउनुपर्छ भनेर नलेख्ने हो भने कुर्सीमा बस्न मात्र बनाएको मर्यादाक्रमको के काम ? जनताले आफूले भोट हालेका मानिस राजासरह हुन सकेको देख्न, अनुभूति गर्न पाए भने पो गणतन्त्रको स्वाद चाख्न पाउँछन्।

निर्मित भाष्यको विनिर्मिति: रावणायन उपन्यास

इतिहास विजेताहरूको दस्ताबेज हो भने कला-साहित्य सत्यको अन्वेषण हो। कलासाहित्य अतीतको स्वच्छन्द उडान मात्र होइन, न कि वैयक्तिक जीवनको भावावेग। यो त विगत र आगतको संश्लेषण हो। स्थापित मिथ्या भाष्यका विरुद्ध सत्यताको सन्धान पनि हो ।

सत्यवादी सत्यमोहन जोशी

कर्णालीको जुम्ला र सिन्जालाई सम्झँदै शताब्दी पुरुषले भन्ने गर्थे– ओहो ! त्यहाँको देउडा गीत यति मार्मिक रहेछ कि पहिले बुझ्न कठिन, बुझेपछि छोड्न कठिन। कहिले रुवाउने, कहिले हँसाउने अनि कहिले नचाउने खालका गीतले मेरो मनलाई छोएको छ।

सुसेलीले मनायो देवकोटा जयन्ती

सुसेली साहित्यिक प्रतिष्ठानको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय चौधौं जन्मजयन्ती र सुसेली साहित्यिक प्रतिष्ठानको १४ वार्षिकोत्सवको अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न भयो।

अनजान नाता

बिदा लिएपछि केटासँग ऊ अस्पताल गयो। उनले त्यहाँ बेडमा पल्टिरहेकी ओइलिएकी फूल जस्ती सीमालाई देखे। कुनै बेला सौन्दर्यको प्रतिमूर्तिजस्तै लाग्ने सीमा आज उनको शरीर पूरै गलेको थियो। प्रकाशलाई देख्नेबित्तिक्कै उनले नमस्कार गरिन् र नजिकैको स्टुलमा बस्न आग्रह गरिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्