१० मंसिर २०८१ सोमबार
image/svg+xml

शीर्ष नेताले नै प्रश्न उठाएपछि कांग्रेसको निर्वाचन समितिले बुझायो मार्ग प्रशस्त गर्ने पत्र

नेपाली कांग्रेसका केन्द्रीय निर्वाचन समितिले पार्टीको १४ औं महाधिवेशनसहितका बाँकी काम गर्न नयाँ समिति निर्माणका लागि आग्रह गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षबीच विवाद बढि रहेका बेला राधेश्याम अधिकारी नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन समितिका सबै सदस्यहरूले आफुहरु मार्ग प्रशस्थ गर्न तयार रहको जनाउँदै पार्टी केन्द्रीय कार्यालयलाई पत्र लेखेका हुन्।

जुटेन कांग्रेसमा सहमति, दुबै पक्ष आ–आफ्नो अडानमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष र असन्तुष्ट पक्ष आ-आफ्नो अडानमा कायमै देखिएका छन्। नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले उठाएको १६ बुँदे मागका विषयमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल भएपनि दुबै पक्ष आ–आफ्नो अडानमा कायमै रहेका हुन्।

कांग्रेस १४ औं महाधिवेशन २०७८ जेठमा !

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी जेठमा गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा प्रस्ताव आएको छ। नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले उठाएका मागसहितका विषयमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा फागुन ७ देखि १४ औं महाधिवेशन सम्भव नभएको भन्दै जेठका लागि नयाँ मिति तोक्न प्रस्ताव गरेका हुन्।

कहिले हुन्छ कांग्रेस १४ औं महाधिवेशन ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औं महाधिवेशन आन्तरिक विवाद र कोरोना भाइरसको संक्रमणका कारण अनिश्चित बन्न पुगेको छ। गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण यसअघि सार्वजनीक गरिएको कार्यतालिका पूर्णरुपमा प्रभावित बन्न पुगेको छ।

कांग्रेसमा युवा अग्रसरता

युवा पुस्ताले सशक्त हस्तक्षेप गरी आफूलाई नेतृत्वका लागि अघि सार्नुको विकल्प छैन। र, त्यो कार्य युवा पुस्ताका नेताहरूबीचको आपसी सहकार्य र समझदारीबाट मात्रै संभव छ। त्यसैले युवा पुस्ता गुटको फेर समातेर नेताको सहयोगी मात्रै बन्ने होइन, एकताबद्ध भएर पार्टीलाई रूपान्तरण गर्नुको विकल्प छैन।

नेपाली कांग्रेसका लागि कस्तो सभापति ?

नेपाली कांग्रेसका प्रतिनिधिलेसभापति को बनाउने भन्ने नसोची कस्तो व्यक्तिलाई सभापति बनाउने भन्ने सोच्नुपर्छ।

काँग्रेसमा कमजोर बन्दै नैतिकता

कोभिडको कहर कहिले टुंगिने हो थाहा छैन तर काँग्रेससँग धेरै पछाडि धकेलेर महाधिवेशन गर्ने संवैधानिक छूट पनि छैन।

अलमल्याउने र गलाउने देउवा–पौडेलको रणनीति

‘फागुनमा नहुने महाधिवेशन देउवा र पौडेल दवैजनाले किन हुन्छ भनिरहनु भएको छ मैले बुझेको छैन । अहिलेदेखि नै लाग्दा वैशाख वा जेठसम्म महाधिवेशन गर्न सकिन्छ । जे कुरा हुँदैन त्यसमा उहाँहरुको सहमति देखिन्छ ।’श

कांग्रेसमा सहमति जुटाउन नेता सिटौला सक्रिय

भदौमा पार्टीको क्रियाशील सदस्यता केन्द्रमा आइसक्नु पर्ने भए पनि अझै कतिपय जिल्लाको समायोजनको काम नसकिएकाले फागुनमा महाधिवेशन सम्भवै नभएको नेता कृष्णप्रसाद सिटौलाको दाबी छ ।

कांग्रेस किचलो चर्कंदै

नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने देखिएको छ। सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै विरोधी खेमाले आइतबार पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउने भएको छ।

देउवालाई भारी बन्लान् निधि

निधिको सहयोगबिना देउवा सभापतिमा निर्वाचित हुने सम्भावना नरहेको र देउवाको सहयोगबिना निधिको उम्मेदवारीको पनि औचित्य नहुने निकटहरूको बुझाइ छ ।

कांग्रेस अधिवेशन सर्ने, असोज १९ गते केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले १४औं महाधिवेशनको नयाँ मिति तय गर्न असोज १९ गते केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकले १४औं महाधिवेशनको कार्यतालिका संशोधनसहित नयाँ मिति तोक्ने भएको हो।

कांग्रेसमा कलह चर्किंदै

कोरोनाको बढ्दो संक्रमणसँगै कांग्रेसभित्रको आन्तरिक विवादले महाधिवेशनको कार्यतालिका पूर्ण रूपमा प्रभावित भएको छ।

सभापति पद कसैले छाडेर होइन, जितेर लिन चाहन्छु

पहिलो, धर्म निरपेक्षताको परिभाषा गर्दै सनातनदेखी चलिआएको धर्म संस्कृतिको रक्षा गर्ने भनेको छ। दोस्रो, गाई हाम्रो राष्ट्रिय जनावर भनेर किटान गरेको छ। तेस्रो, प्रलोभनमा पारेर धर्म परिवर्तन गराउँन पाइँदैन यसो गरेमा दण्डित गरिनेछ भनेर भनिएको छ। अब हामी संविधानमा उल्लेख भएका कुरालाई टेकेर अगाडि बढ्ने हो।

दबाबमा देउवा, निधिले भने– सभापतिमा सघाउनुस्

निधिले महाधिवेशनबाट पार्टी सभापति बन्न आफूलाई सहयोग गर्न देउवासमक्ष प्रस्ताव राखेका छन्। यस्तै प्रस्ताव उनले नेता रामचन्द्र पौडेलसमक्ष पनि राखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्