२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

आर्थिक कार्यविधि ऐन संसोधनको तयारी

आर्थिक कार्यविधि ऐन, २०७४ संसोधन गरी ५ दिन अगाडि पूर्व बजेट छलफल सम्पन्न गर्ने व्यवस्थासहित अध्यादेशबाट ऐन संसोधन गर्ने निर्णय गरेको हो।

प्रम ओलीको निर्देशन कार्यान्वयनका लागि मुख्य सचिवद्वारा निर्देशन

आज सम्पन्न भर्चुअल बैठकमा मुख्य सचिव बैरागीले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन कार्यान्वयन गर्न र गराउनका लागि निर्देशन दिएका हुन्।

अब जनतालाई कोरोनाबाट मुक्त गर्न ध्यान केन्द्रित गर्छौंः उपप्रधानमन्त्री

‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रित हुन्छौं’, उपप्रधानमन्त्री पोखरेलले भने।

राजस्व अनुसन्धान विभाग: ३३ महिनामा ७८० विरुद्ध मुद्दा

विभागले यो अवधिमा आधा खर्ब रूपैयाँभन्दा बढी राजस्व तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरेको छ। ३३ महिनामा दुई सय २० मुद्दामा सात सय ८० जना विरुद्ध राजस्व अपचलनतर्फ ३६ अर्ब ३१ करोड रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको मैनालीले बताए।

यस्तो बन्यो भूकम्पले भत्किएको सिंहदरबार

भूकम्पको पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिले भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारस्थित मुख्य प्रशासनिक निकाय सिंहदरबारको पूर्वी, उत्तर तथा दक्षिणी मोहडासहितको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तयार गरेको छ। यही फागुन ३ गते एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले यसको उद्घाटन गरिसकेका छन्।

इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश १ मा लगानी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले प्रदेश १ मा लगानी गर्ने भएको छ। प्रदेश सरकारले प्राथमिकता तोकेका आयोजनामा बैंकले लगानी गर्न लागेको हो। बैंकले पहिलो चरणमा प्रदेश सरकारले प्राथमिकतामा राखेका ६० मध्येका पाँच आयोजनामा लगानी गर्ने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्