२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

निर्मला मुरारीको ‘च्यातिएको फरिया’ विमोचन

नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलले निर्मला मुरारीले अन्धकारबाट बाहिर निस्कन नारी स्रष्टालाई सजिलो छैन तर पनि नारी स्रष्टाले निस्कनुपर्छ। भिडमा एक्लो हुने नारी स्रष्टा अब अगाडि बढ्नुपर्छ भन्दै कार्यक्रमको बिट मारेकी थिइन्।

बुढी औंलाहरू

एकपटक आफ्नो हातका बुढी औंलाहरूलाई सबैले धोइदिनुस त तपाईँहरूले एकपटक आफ्नो हातका बुढी आंैलाहरूलाई धोए भने बन्ने छ मेरो देश सुन्दर नेपाल समृद्ध नेपाल।

लाकोजूको मकरको कथा

नेपाली साहित्य र साहित्यिक पत्रकारितामा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार सूर्यप्रसाद लाकोजूको ‘मकरको कथा’नामक बालचित्रकथा प्रकाशित भएको छ। बालकथा पनौतीमा १२ वर्षको एक पटक लाग्ने मकरमेलाको आख्यान मा आधारित छ। कथामा प्रकाश रंजितको चित्र छ।

अधिकारीको “जूनका टुक्राहरू”मा परख

सङ्ग्रहमा राजनीतिक विषय मात्र छैनन्। सामाजिक, आर्थिक, प्रकृति, शृङ्गारिक मुक्तक पनि समेटिएका छन्। त्यसकारण मुक्तक सङ्ग्रह विषयवस्तुका हिसाबबाट खिचडी भएको छ। राजनीतिक स्वाद आउँदाआउँदै प्रेम आइपुग्छ। प्रेम आउँदाआउँदै राजनीति आइपुग्छ। त्यसकारण एउटा पक्ष भन्न सकिन्छ कि विषयगत हिसाबमा एउटै स्वभावका मुक्तकको एक सङ्ग्रह बनाउन पाएको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने लागेको छ।

सडक

तर बाबु म आशावादी छु, तिमी पनि आशा नमार एक दिन बाँदरले मान्छे बन्नु पर्नेछ यो बुच्चे सडक यो चोसेमोसे सडक एक दिन अवश्य चौडिनेछ। तिमीले सुनेका छैनौ र बाबु, भन्नेहरूले त भनेका छन्–मान्छेका पुर्खा पनि त बाँदरै थिए।

तारा केसीका दुई बालकविता

कस्तो होला दाइ – दिदी बस्ने शहर, मलाई पनि लागेको छ हेर्ने रहर। झिलिमिली स्वर्गजस्तो नेपाल बनाउँछु,यो देशको लगानी म यतै लगाउँछु।

स्याबास

यसर्थ म त्यो भ्रमको संसार जलाएर जलाशयको जङ्घार बनाउन मन छ अँजुलीले उघाएर पिउँदा सानो भए पनि शीतलता मिल्ने हिमाल भेटियोस् सम्पूर्ण प्यास सधैंका लागि पिंधहरूबाट मेटियोस् त्यतिखेर भनौला सबै सबैलाई स्याबास !

एक बाकस सपना

बुबा बित्नुभएछ छोरा सम्झेर आमा बेहोस हुनुहुन्छ रे आकाश खसेर मैले फर्किने दिन गनिरहे औंला भाँचेर विदेशमा एकजना माथिबाट खसेछ उपचार नपाई त्यत्तिकै महिनौ बसेछ कालो बाकस छाम्दै सानो छोराले सोध्यो एक बाकस पैसा त आयो बाबा खै ...?

काव्यिक माधुर्यमा ‘छेस्का’

कविताको नवीन अनि सूक्ष्म रूप ‘छेस्का’लाई जन्माउने श्रेय साहित्यकार विनोद नेपाल ‘बैगुनी’लाई जान्छ। उहाँले सामाजिक सञ्जालमा सम्प्रेषण गरेसँगै यसतर्फ अन्य स्रष्टाहरूको पनि रुचि र आकर्षण बढ्दै गएको देख्न सकिन्छ। अहिले स्रष्टाहरूको उत्सुकता हेर्दा ‘छेस्का’ लोकप्रियताको शिखर चढिरहेको अवस्था देखिन्छ।

व्रत

आज साउनको पहिलो सोमबार !! नुहाइधुवाइ चोखो भएर व्रत बस्नुपर्ने। साउनमा हरियो चुरा, हरियो पोते, हरियै सारी चोलो लगाएर व्रत बस्यो भने श्रीमान्– श्रीमतीको सम्बन्ध सुमधुर हुनुको साथै आयु पनि बढ्छ। आफ्नो श्रीमानको उन्नति– प्रगतिका लागि पनि व्रत बस्नुपर्ने।

दुर्वाच्य

“मेरी सासू आमा, अब यो घर शून्य भयो। हामीलाई टुहुरा– टुहुरी पारेर किन गयौ। अनायास बुहारी जमिनमा पछारिइन्छि मेकीहरूले तिनीहरूको आँखाबाट बगेको भल सुकाउन सकेनन्। छेउमा बसेर चार वर्षे नाति भिक्सको बट्टा खेलाउँदै थियो। नातिनी मुतले भिजेर सिकसिको मानेर रुँदै थिई।

आफन्त

जसोतसो वर्खा सकियो। कमलाको स्याहारले धनबहादुर पनि तङ्ग्रियो। दशैँ लाग्दा–नलाग्दै छोराले भाषा परीक्षा पास गरेर कोरिया जान पाउने खबरले दुवै दम्पती खुशी भए। दशैँपछाडि छोराको कोरिया जान समय एक हप्ता अगाडिदेखि नै घरमा आफन्तहरू एकपछि अर्को बहाना बनाउँदै आउन लागे। कोहीले त धनबहादुरको साख्खै आफन्त हुँ सम्म भन्न भ्याए। कमला भने २ महिना अगाडि लोग्ने ओछ्यान पर्दा फर्केर नहेर्ने आफन्त भनाउँदाहरूको चेपारोसँग मनमनै कुडिँदै थिई।

तिम्रो छोरो र म

तिमीलाई जान्न मन लाग्यो होला को हो त्यो मान्छे जसलाई म प्रेम गर्दै छु। तिम्रो उत्सुकतामा खलबली हुनु स्वभाविक पनि हो। तिमी अझै आश्चर्यमा पर्दै जान्छौ , जबजब म वृतान्त कहँदै जान्छु । मैले प्रेम गर्ने मान्छे मभन्दा ठ्याक्कै बीस वर्षले कान्छो छ। तिमी सोच्दै हौला।छोराको उमेर भएको केटासँग प्रेमसम्बन्ध !

एलबम

घर पुगेपछि थाहा भयो– आमाबुबा सानैमा बित्नुभएको रहेछ। दाजुभाउजूले हुर्काएका रहेछन्। सुनेर दुख लाग्यो। दुख भोगेकी केटीले पक्कै मेरो भावना बुझ्ने छिन्। उनलाई संसारको सबै खुसी दिनेछु भन्ने भावना पौडदै थिए। अचानक मेरो आँखा फोटो एलबममा परर्यो। फोटो हेरेपछि हामी सशंकित भयौ । धन्य ! उनीहरूले देखेनन्।

चार्ल्स टावरमाथिबाट मेरो देश नियाल्दा

हिँउको शहर छोडेर युग–युगदेखि बगिरहेका त्रिशुली र कर्णालीहरूमा पराईसँग साइनो जोडेर सिमानामा बगिरहेका मेची र कालीहरूमा शुद्ध पानी मात्रै बग्दैन मेरा हजार पुस्तादेखि जिन्दगानी बगिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्